भूतपूर्व सैनिक सम्मेलन सम्पन्न (फोटो फिचरसहित)

पूर्णपुष्टि/उदयपुर, फागुन २७ गते

-प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सेना राष्ट्र र राष्ट्रियताका सवालमा सदैव जिम्वेवार रहेकाले यसविरुद्ध हुने कुनैपनि गतिबिधी सेनालाई सह्य नहुने बताउनुभएको छ । सैनिक कल्याणकारी वोर्डले आइतबार श्री नम्बर १८ वाहिनी, भुल्केमा आयोजना गरेको भूतपूर्व सैनिक सम्मेलन तथा स्वास्थ्य शिवीरलाई सम्बोधन गर्दै प्रधानसेनापती क्षत्रीले उक्त कुरा बताउनुभएको हो ।

राष्ट्रिय हितविरुद्ध हुने गतिबिधि निस्तेज पार्न सेना संबिधानको धारा टेकेर सरकारको आदेशअनुसार अघि बढ्न तत्पर रहेको प्रष्ट पार्दै उहाँले राष्ट्रिय हितविरुद्ध उत्पन्न हुन सक्ने जस्तोसुकै परिस्थितिको सामना गर्न नेपाली सेना सक्षम रहेको बताउनुभयो ।  विकासका गतिविधिमा स्वदेश तथा विभिन्न द्वन्द्वग्रस्त राष्ट्रमा सेनाले पुर्याएको उच्च योगदानको चर्चा गर्दै उहाँले भर्खरै सम्पन्न स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सेनाले खेलेको भुमिका उत्कृष्ट रहेको बताउनुभयो । उहाँले सेनाको गौरवशाली छविलाई उकास्न सबै पक्षको साथ जरुरी रहेको भन्दै भूतपूर्व सैनिकका गतिविधिसमेत प्रशंसनिय रहेको उल्लेख गर्नुभयो ।

नेपाली सेनाको अवकासपछिको जीवन सुखद रहोस् भन्ने हेतुले कल्याणकारी कोष स्थापना गरिएको उहाँले बताउनुभयो । आश्रित परिवारको जीवनस्तर उकास्न विभिन्न लघुउद्यम, लघुवित्त माईक्रोफाइनान्स जस्ता कार्यक्रम सञ्चालनमा ल्याइएको र कार्यक्रमले सेनाका परिवारको शिक्षा, स्वास्थ्य र स्वरोजगारका लागि मद्दत मिल्ने बताउनुभयो ।

कार्यक्रममा वोर्डका कार्यकारी अधिकृत पदमविलास कार्कीले आगामी चार वर्षमा ४० हजार भूपू सैनिक र पारिवारिक निवृत्तिभरणमा रहेको सैनिकका परिवारको जीवनस्तर उकास्ने लघुवित्त कार्यक्रमका लागि बिना धितो सात अर्ब लगानी गर्ने योजना रहेको जानकारी दिनुभयो ।

सो अवसरमा भूपू सैनिक अन्तर्गत उत्कृष्ट उद्यमी, अवकास प्राप्त जेष्ठ पूर्वसेना ९१ बर्षीय रत्नबहादुर कटुवाल, पूर्वसेनाकी पत्नि ९४ बर्षीया मैयादेवी कार्कीलाई सम्मान तथा पुरस्कारसमेत प्रदान गरिएको थियो ।  त्यसैगरी फरक क्षमता भएका ६ जना पूर्वसैनिक तथा गैरसैनिकलाई ह्विलचियर वितरण, १३ जना सेना तथा उनका परिवारलाई १ देखि ३ लाखसम्मको लघुउद्यमका लागि न्युन व्याजदरमा ऋण सहयोग गरिएको थियो ।

कार्यक्रममा उदयपुर, खोटाङ, सोलु र ओखलढुंगाका गण र गुल्महरुले संस्कृति जगेर्णाको सन्देश दिँदै झाँकी तथा कला प्रर्दशन गरेका थिए । पूर्व सैनिकको सो भेलामा तीन दिवसीय स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको थियो ।

नेपाली सेनाको कल्याणकारी बोर्डको आयोजना तथा संयोजन र नेपाल इन्भेस्टमेन्ट बैंकसंगको सहकार्यमा सो कार्यक्रम गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0