किराप उपत्यका समन्वय समितिमा नयाँ नेतृत्व

काठमाडौं, वैशाख ११ गते

– किरात राई पत्रकार संघ काठमाडौं उपत्यका समन्वय समितिको सोमबार सम्पन्न अधिवेशनले प्रकाश चाम्लिङको नेतृत्वमा ९ सदस्यीय समिति सर्वसम्मत चयन भएको छ ।

समितको उपाध्यक्षमा कृष्णजीत राई, सचिवमा शान्तिराज राई र कोषाध्यक्षमा शुसिला राई चयन भएका छन् । त्यस्तै सदस्यहरुमा नुनुता राई, प्रवीण कुलुङ, चन्द्रकला राई, इन्द्र जिजिबिसा र विद्या राई रहेका छन् ।

केन्द्रिय महाधिवेशनका लागि प्रतिनिधि अध्यक्ष प्रकाश चाम्लिङ, उपाध्यक्ष कृस्णजित राई, सचीव शान्तिराज राई, नुनता राई र प्रविण कुलुङलाई चयन भएका छन् ।

किरात राई पत्रकार संघका केन्द्रिय अध्यक्ष दिपेन्द्र राई, वरिष्ठ उपाध्यक्ष प्रकाश खालिङ, सचिव अवतार राई, सचिव बुद्धवीर बाहिङ र सचिव सन्दिप राईको उपस्थितिमा प्रज्ञाप्रतिस्थान, कमलादीमा नयाँ कार्यासमिति चयन भएको हो । आमी बैशाख २८ र २९ गते धरानमाहुने केन्द्रिय अधिवेशनलाई मध्येनजर गर्दै विभिन्न जिल्ला तथा उपत्यकाका अधिवेशन भईरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0