लोकप्रीय गायक रुपकुमार र गायिका मेनुकाको स्वरमा “नौलाई सुन्य नब्बे”

पूर्णपुष्टि/उदयपुर, जेठ २३ गते

धेरै राम्री भई नहिड यो ज्यानको दील चोरी
अदालतकै दिनुपर्ला तिमीलाई उजुरी
नौलाई सुन्य नब्बे भए, दशलाई सुन्य सय
पर्ख अव तिमीलाई छोड्दिन ज्यान गए…

लोकप्रीय गायक रुपकुमार राई र गायिका मेनुका राईको स्वरमा सजिएको यो गीत “नौलाई सुन्य नब्बे” भिडियोसहित रिलिज हुदैछ ।

विन्ध्यवासिनी म्यूजिक प्रा.लि.ले शुक्रबार रिलिज गर्न लागेको गीतको शब्द÷सङ्गित डि.आर.अटुको हो । गीतको भिडियोमा चर्चीत गायिका तथा मोडल ज्योती मगर र काजीश श्रेष्ठको अभिनय रहेको छ ।

दायाँबाट क्रमश : गायक रुपकुमार, गायिका मेनुका र मोडल/गायिका ज्योती मगर

सिङ्गल ट्रयाकमा रहेको सो गीतमा गायक रुपकुमार, गायिका मेनुकाको सुमधुर स्वरले स्रोताहरुको मन सहजै खिच्ने र त्यसमा गहन शब्द, मनमोहक सङ्गीतले भरपुर मलजल पुर्याउने म्यूजिक कम्पनीको दावी छ । चर्चीत मोडल तथा गायिका ज्योती र काजीशको खास अभिनयका कारण भिडियोले पनि व्यपकता पाउने आशा दृष्य निर्माता सूर्यविनायक फिल्मस प्रा.लीको छ ।

स्रोताहरुद्वारा अत्यन्तै धेरै मनपराईएको राम साईली…, सधैं तिमी मुस्कुराउनु फक्रिएको फुलसरी… जस्ता दर्जनौं गीतबाट लोकप्रीयता कमाएका गायक रुपकुमारले यस गीतबाट पनि स्रोताहरुको धेरै भन्दा धेरै माया पाउने आशा व्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0