शान्तिधाममा क्याम्पसको शिलान्यास

पूर्णपुष्टि/उदयपुर भदौ २१

उदयपुरको बरुवा क्यम्पसलाई शैक्षिक क्षेत्रको रुपमा विकास गर्ने लक्ष्यका साथ क्यम्पसको शिलान्यास विहिबार भएको छ ।
गाईघाट स्थित बरुवा क्यम्पसको शैक्षिक क्षेत्रको विकास गर्ने उद्देश्यका साथ  शिलान्यास गरेको हो ।
गाईघाटको शान्तिधाममा क्याम्पस भवनको शिलान्यास त्रियुगा नगरपालिका मेयर बलदेव चौधरीले गरेका हुन् ।
गुणस्तरीय शिक्षा प्रदान नगरे सम्म बैदेशीक रोजगारी क्रम नरोकीने भएकोले क्यम्पसले नयाँ रणनीति ल्याई प्राविधिक शिक्षा संचालन गर्ने मेयर चौधरीले बताए ।
प्रभावकारी शिक्षा प्रदन गर्न नसके क्याम्पसहरुको अवस्था मात्रै धरासय नबन्ने मुलुक नै संकटमा पर्ने मेयर चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0