लिम्चुङबुङमा सर्बोच्च शिखर सगरमाथा हेर्ने भ्यूटावर बन्दै

पूर्णपुष्टि/उदयपुर, भदौ २५ गते ।

गाउँको समृद्धि पर्यटनसंग जोड्ने उद्देश्यका साथ अगाडी बढिरहेको उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले विश्वको सर्बोच्च शिखर सगरमाथा हेर्ने विशेष महत्वको एभरेष्ट भ्यूटावर निर्माणको काम अगाडि सारेको छ । यसै सिलसिलामा दोवाटे भ्यूटपमा आधुनिक लिम्चुङबुङ पार्कसंगै निर्माण हुन लागेको भ्यूटावरको डिपीआर सर्भेको थ्रीडी प्लान भिडियो क्लिप तयार भएको छ ।

पर्यटक भित्राउने र गाउँपालिकाको मौलिक पहिचान झल्काउने उद्देश्यले टावरको निर्माण गर्न लागिएको गाउँपालिकाका प्रमुख मेजरकुमार राईले बताए ।

सबै जातजाती, धर्म संस्कृति र प्राकृतिक एवम् मौलिक विषयवस्तुको प्रतिकको रुपमा निर्माण गरिने २७ फिट अग्लो भ्यूटावरबाट महालंगुर हिमश्रृङ्खलाहरुको अवलोकन गर्न सकिन्छ । विश्वको सर्बोच्च शिखर सगरमाथा, कन्चनजंगा, मकालु, जुगल, गौरीशंकर, चोयो, चारपाटे हिमाल, ल्होत्से लगायतका हिमालको अवलोकन गर्न सकिन्छ । अगाडी सुनकोशी, आगानमा हलेसी र तुवाचुङ, दिक्तेल, भोजपुर, सोलु, ओखलढुंगा जिल्लाका साथै तराई मधेसका फाँटहरुको अवलोकन गर्न सकिन्छ ।

3D भिडियो क्लिप…

किँरात समुदाय र भाषाको बाहुल्यता रहेकाले उनीहरुको संस्कृतिलाई महत्व दिदै टावरको माथिल्लो भागमा वाबु (चिन्डो) राखिने र टावरको चारभागमा बुद्ध, शिव, माङखिम लगायतका सबै जाती, धर्म, संस्कार, संस्कृतिका प्रतिक राखिनेछन् । खासगरी एकिकृत खुल्ला गाउँ संग्राहलय, पाँचधाम निर्माण, चिल्डेन पार्क जस्ता पर्यटीय एवम् सामाजि सांस्कृतिक सभ्याताा संरचनामा जोडदिइएको प्रशासकीय अधिकृत भक्त राईले बताए ।

टावरसंगै एक ग्राउण्ड हल बन्ने र हलमा चिया, कफी लिदै बस्ने र हलका भित्तालाई अध्ययनमुलक चित्रहरुले सजाइनेछ । खासगरी टावरबाट अवलोकन हुने हिमश्रृङ्खला, पालिकाका पर्यटकीय स्थान, मठमन्दीर, मुर्तीकृति र जैविक चिजहरुको चित्र बनाइनेछन् ।

भ्यूटावर निर्माणपछि सिंगो लिम्चुङबुङ गाउँपालिका विद्यार्थी र आन्तरिक तथा बाह्य पर्यटकका लागि अध्ययनको थलो बन्ने दावी गरिएको छ । सांस्कृतिक, प्राकृतिक, भाषा, भेषभुषा र जैविक विविधताको हिसावले रमणीय र अध्यायनको केन्द्रविन्दु बन्ने प्रशासकीय अधिकृत राईले बताए । समुन्द्रदेखि सगरमाथा जोड्ने पर्यटकीय सडक निर्माणमा जुटेको सो गाउँपालिकाले यस कामका लागि २ करोड बजेट बिनियोजन गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0