प्रकाण्डलाई उदयपुर खदालतमा हाजिर, ६ दिनको म्याद थप

पूर्णपुष्टि/उदयपुर, असोज १ गते ।

नेकपा माओवादी विप्लब समुहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई आईतबार जिल्ला अदालत उदयपुरमा हाजिर गराई थुनुवा पूर्जीको म्याद थप गरिएको छ ।

अपरान्ह साढे ४ बजेको समयमा जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतबाट अदालत लगिएको प्रकाण्डलाई छ दिनको म्याद थप गरिएको उनका वकिल बैकुण्ठ दाहालले बताए ।

प्रहरीको भेनमा ल्याईएका उनलाई अदालतको गेटभित्रै छिराएर सरासर अदालतभित्र लगिएको थियो । पत्रकारहरुले जिज्ञासा राख्न खोज्दा उनले म्याद थपेर निस्केपछि बोल्ने भन्दै हात हल्लाउदै अदालतमा छिरेका थिए ।
दिउसो १ बजेभित्रमै म्याद थप गर्ने प्रहरी स्रोतले जनाए पनि अदालतमा सेवाग्राहीको भिडभाड कम भएपछि अबेर गरी लगिएको थियो ।
सुरुमा काठमाडौमा पक्राउ परेका उनी काभ्रे, नुवकोट, भोजपुर र दाङपछि उदयपुर अदालतमा हाँजिर गराईएको छ ।

केही समयअघि गाईघाटको थारुहट रंगशालामा एक बालक गम्भिर घाइते हुनेगरी बम विष्फोट भएकोको मुद्दामा पक्राउ गरिएको जनाइएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईका अनुसार हिजो काठमाडौंबाट ल्याईएका प्रकाण्डलाई म्याद थप गरी अनुसन्धानमा राखिएको छ ।

उनको म्याद थप संगै विभिन्न स्थानमा बम विष्फोटनको मुद्दामा प्रहरीको थुनामा रहेका अन्य चारजनाको जिल्ला सरकारी वकिल कार्यालयमा बयान लिएको छ ।

प्रवक्ता प्रकाण्डको भनाई
म्याद थपपछि अदालत बाहिरिदै गर्दा उनले पत्रकारहरुसंगको छोटो कुराकानीमा आप्mनो ६ जिल्लाका ९ वटा मुद्दामा कुनै पनि सर्बोच्च अदालतमा पुष्टि हुन नसकेको बताए । उनले आफुहरुमाथि सरकारको निरंकुसता चरमरुपमा भएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0