वडा कार्यालयमा ताला

पूर्णपुष्टि/उदयपुर, असोज १३ गते

उदयपुरको बेलका नगरपालिका वडा नं. १ को कार्यालयमा जनताले तालाबन्दी गरेका छन् ।

नगर परिषद्बाट नै पुरानो कार्यालय रहेको पुरन्दह अपायक परेको भन्दै सेन्टरमा पर्ने भालमन्दी भन्ने ठाउँमा सार्न निर्णय गरिसक्दा पनि वडाध्यक्ष दिनेश्वर प्रसाद चौधरीले सार्न नमानेपछि हिजोबाट तालाबन्दी गरिएको स्थानीय गोपाल राईले बताए ।

विगत लामोसमयदेखि अधिकांश जनतालाई अपायक परेको भन्दै सार्न माग गर्दै आन्दोलन गर्दै आएका वडावासीहरुले माग पुरा नभएसम्म ताला नखोल्ने बताएका छन् । वडावासीले संघर्ष समिति नै गठन गरेर वडा कार्यालय सार्न दवाव सिर्जना गरिरहेका छन् ।

तालाबन्दी र जनताको माग बारेमा नगरपालिकामा शनिबार छलफल बस्ने क्रममा वडाध्यक्ष चौधरी कुरो टुंगोमा नपुर्याई उठेर हिडिदिएका छन् । वडाध्यक्ष हिडेपछि मेयर दुर्गकुमार थापाले संघर्ष समितिलाई तालाखोली आग्रह गर्दै भोलीदेखि कर्मचारी भालमन्दीमै खटाउने वचन दिएको संघर्ष समिति सदस्य समेत रहेका राईले बताए ।

धिकांश जनताबाट केन्द्र अपायक परेको भन्दै सार्न माग गर्दै आएको थियो । केही समुहले भने उक्त ठाउँबाट सार्न हुन्न भन्दै वडाध्यक्षलाई दवाव दिने र सार्ने काममा बाधा पुर्याउने काम पनि भईरहेको जनाईएको छ । हालको कार्यालय वडा नं. २ को सिमानामा पर्ने र वडावासीलाई पुरै अपायक पर्ने बताईएको छ ।

यस विषयमा मेयर थापाले वडा कार्यालय सार्ने कुरामा वडाध्यक्षबाट आलटाल भईरहेकाले समस्या आएको बताए । नगर परिषदबाटै सार्ने निर्णय गरिसकिएकाले सोही अनुसार गरिने उनले बताए । वडाध्यक्ष चौधरीले सार्ने प्रतिबद्धता गरेपनि कार्यन्वन नगरेको तर कार्यन्वयन गराएरै छाडेने बताए ।

साँझपख पनि मेयर, नगरपालिकामा रहेका इलाका प्रहरी, सशस्त्र प्रहरी इन्चार्ज लगायत पुरन्दहमा वार्ताको प्रयास गरिएपनि हुन नसकेको जनाइएको छ । वडाध्यक्ष चौधरीसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0