निर्मला र दिलको जुवा गित

पूर्णपुष्टि/उदयपुर, असोज २१ गते ।

दशैँ तिहारको उपहार स्वरुप दुई गायक गायिकाले श्रोता दर्शकको लागि म्युजिक भिडियो बजारमा ल्याएको छ ।

गायिका निर्मला घिसिङ र गायक दिल तामाङको “जुवा त खेल्ने चौकामा….” बोल गितका म्युजिक भिडियो भर्खरै बजारमा आएको हो ।

तामाङ रितिरिवाज तथा संस्कृतिलाई झल्काउने खाल्को म्युजिक भिडियोमा प्रख्यात डान्स ग्रूप भिमफेदी गाईज र मोडल निरन्जली लामाको उत्कृष्ट अभिनयमा रहेको छ ।

सुन्दर नगरि भिमफेदिमा छायांकन भएको भिडियोको दिल तामाङको शब्द रचना तथा बरिष्ठ संगितकार चन्द्र कुमार दोङको संगित रहेको छ ।

म्युजिक भिडियोमा तामाङ समुदायको विवाह, वर्तबन्ध, संस्कार, सस्कृति लगायतका मौलिकता उतारिएको गायिका निर्मला घिसिङले बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0