धनराम उदयपुरको पहिलो पुष्प कृषक तथा व्यवसायी

उदयपुर, कात्तिक १९ गते

त्रियुगा नगरपालिका ८ खाटमन्दीर बाघचौरीका धनराम दनुवार उदयपुर जिल्लाकै पहिलो पुष्प कृषक तथा व्यवसायी बनेका छन् । जिल्लामै पहिलो पुष्प कृषकको रुपमा गतसालदेखि फुलखेती थालेका उनले तिहारका लागि चार कठ्ठा जमिनमा सयपत्री फुल उत्पादन गरेका छन् । उक्त फुलबाट थप राम्रो आम्दानी हुने भएको छ ।

सामान्य तरकारीखेती गर्दै गरेका दनुवारले गएको दुईवर्षअघि गाईघाट बजारबाट फुलको माग भई पन्ध्रमाला लगेका थिए । त्यसबाट पाएको पैसा नै उनका लागि फुलखेतीको प्रेरणा बनेपछि गतसाल हुदै यसवर्ष अझ बढि खेती गरेका हुन् । उनी आगामी वर्षका लागि थप उत्साहित बनेका छन् । ढकमक्क सयपत्रीले चारकठ्ठा जमिन सजिसजाउ छ । सयपत्रीलाई तिहारमा चेलीले माइतीको गलामा सजाउने माला मध्येको उत्कृष्ठ फुल मानिन्छ । अन्य फुलको दाँजोमा बजारमा सयपत्री फुलको माला माग हुने गरेको छ ।

तिहारका लागि घरघरमा फुलको उत्पादन सामान्य रुपले गर्ने पुरानो चलन अहिले पनि कायम छ । घरमा सामान्यरुपले उत्पादन गरिने फुल कहिले बढि हुने, कहिले नपुग्ने त कहिले समयभन्दा अघि त बुकहिले पछि हुने गर्दछ । यस्तो अवस्थामा दनुवारले व्यवसायिकरुपमा उत्पादन गरेको फुलको मालाले बजारमा एकै छेउ पुग्दैन ।

बजारको अवस्थालाई राम्ररी बुझेका दनुवारले यसवर्षदेखि फुल उत्पादनलाई सामुहिकतामा जोडेका छन् । उनको फुलखेतीबाट प्रभावित बनेका छ जना गाउँले दिदीवहिनीसमेतलाई उनले फुलखेतीमा सम्मिलित गराएका छन् । यसवर्षको आम्दानीलाई पनि छ जनाले भागवण्डा गर्नुका साथै सामुहिक हितका लागिसमेत राखिने बताइएको छ ।

अहिलेसम्म आप्mनै ढंगले फुल उत्पादन गर्दै आएका दनुवारले कुनै तालिम, प्राविधिक ज्ञान हाँसिल नगरेको भएपनि फुलखेतीलाई अझ बढाउदै लैजाने
योजना छ ।

खाली पाखाहरु र खेतबारीमा पनि फुल रोपेर आयआर्जन गर्न सकिन्छ भन्ने यो जलन्त उदाहरण हो । धनराम दनुवार र उनका समुहका सदस्यहरुले उदयपुरमा गरेको पहिलो प्रयासबाट अन्य धेरै कृषकहरुले ज्ञान हाँसिल गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0