बम विष्फोटनमा दर्जनौँको मृत्यु

अफगानिस्तानको पश्चिमी काबुलमा नयाँ वर्षको उत्सव मनाई रहेको भिडलाई लक्षीत गरि गरिएको बम विपष्फोटनमा दर्जनौँको मृत्यु भएको छ ।

काबुलको साखीमा हर्ष उल्लासका साथ नयाँ वर्ष मनाईरहेको हजारौँ मानिसहरुको भिडलाई लक्षित गरि गरिएको बम आक्रमणमा दर्जनौँको मृत्यु भएको हो ।

नयाँ वर्ष मनाई रहेको मानिसहरुको भिडमा शङ्खास्पद आत्मघाती बम आक्रमणमा करिब २६ जनाको मृत्यु भएको छ भने १८ जना घाईते भएको अधिकारीहरुले बताएका छन् ।

अल्प सङ्ख्यक सिया समुदायका मानिसहरुको भिडलाई लक्षित गरि एक जना संदिग्ध आक्रमणकारीले आत्मघाती बम विष्फोटन गरेको प्रारम्भिक विवरणहरूले देखिाएको छ ।

धार्मीक स्थल प्रवेश गर्न लागेको आत्मघाती आक्रमणकारीलाई प्रहरीको निगरानी बढेपछि विष्फोटक पदार्थ पड्काएको थियो । विष्फोटनमा परेको मानिसको सङ्ख्या बढ्न सक्ने बताएका छन् ।

सिया समुदाय माथी आक्रमणका घटनाहरु बढ्दैगएको बेला फेरी अर्को घटना घटेको हो । अहिले सम्म आक्रमणको जिम्मेवारी कसैले नलिएको बताएका छन् । तर अधिकांश घटनाको जिम्मेवारी भने इस्लामिक स्टेट समूहले लिदै आएको छ ।

सहरकै एक ठुलो सखी धार्मीक स्थल रहेको र उक्त स्थानमा नयाँ वर्षमा प्रार्थन गर्ने गर्दछ । विश्वविद्यालय नजिकै घटना भएको थियो ।

ऋफगानिस्तानको कुल जनसंख्याको १५ प्रतिशत सिया मुसलमानहरूले ओगटेका छन् भने हजाराहरू पनि त्यहि सम्प्रदायका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0