लोप हुदै फापर

उदयपुर, मंसिर २७ गते ।

हिमाली तथा माथिल्लो पहाडी भेगमा प्रसस्त मात्रामा छरिने फापर आज भोली लोप उन्मुख बालिको अवस्थामा पुगेको छ ।

फापर मानव स्वास्थ्यको लागि अति उपयुक्त, लाभ दायक, स्वास्थ्य वर्धक भएपनि अन्य बालि लगाएर नभ्याएको छेउछाउमा र बाँदर लाग्ने ठाउँहरुमा मात्र फापर छर्नाले फापर लोप हुने अवस्थामा पुगेको हो ।

जस्तो सुकै विरामीले पनि खान मिल्ने र ब्लड प्रेसर, सुगर लगायत विभिन्न खालको रोगीहरुले पनि सेवन गर्न मिल्ने फापर आज भोलि गाउँघरमा पनि पाउन मुस्किल भईसकेको छ ।

पहिला पहिला हिमाली तथा पहाडी भेगका गाउँघरमा प्रसस्त छरिने फापर आजभोलि कहि कतै कसै कसैले मात्र छर्ने गर्दछ । फापर विभिन्न प्रजातिको भएपनि विशेष गरि हिमालि तथा पहाडी गाउँघरमा दुई प्रजातीको फापर मात्र छर्ने गरेको स्थानिय बासिहरुले बताएका छन् । गाउँघरमा मिठे र तिते फापर भनेर दुई वटा नामले चिनिने फापर लोप हुदै गएको उनिहरुले बताएका छन् ।

उक्त बालिलाई गोड मेल गर्नु नपर्ने छरेपछि एकै चोटी उकेरपाकेर मात्रै गर्नु पर्ने भएपनि फापरको महात्व नबुझनाले लोप हुदै गएको बालिको रुपमा चिनारी बोकेको स्थानिय राम बहादुर राईले बताए । पाखो बारीमा जोतेर साउन–भदौमा छरिने फापर कात्तिक मंसिरमा काटेर बालि त्रित्र्याउने गरेको राईले बताए ।

फापरको पिठो बनाई खाजाको रुपमा रोटी खाने र खानाको रुपमा ढिडो बाटेर÷बनाएर खाने चलन छ । तर आज भोलिको युवा युवतीहरुले भने फापर भनेको के हो ? कसरी खाने ? के बनाएर खाने भन्ने बारेमा केहि जाकार नभएको राईले बताए ।
विशेष गरेर गाउँघरमा माघेसंक्रान्ति, चाड पर्वहरुमा फापरको सेल रोटी बनाएर खाने चलन पाईन्छ । तर आज भोलि सहरिया सामानले गर्दा उक्त वस्तुको महत्व धरापमा पर्दै गएको पाउन सकिन्छ ।

चाड पर्वमा मात्र नभई जुन सुकै बेलामा पनि खाजा वा खाना खान मिल्ने फापर हेपिएको बालिको रुपमा गाउँघरमा पाउन सकिन्छ । मकै, कोदो, धान लगायत अन्य बालिलाई जस्तो गोड मेल गर्नु नपर्ने खन्नजोत गरेर छर्नु मात्रै पर्ने फापर अहिले छर्न छोडिएको स्थानिय भिम बहादुर तामाङले बताए ।

तिते फापरको परिकार बनाएर खादा हल्का तितो हुने भएकोले केटाकेटीहरुले मन नपराउने र फापरको परिकारहरुमा नव युवाहरुको ध्यान नजानाले लोप हुन थालेको तामाङले बताए ।
तामाङले भने हामी मसिनो केटाकेटी हुदाँ फापरको रोटी र ढिडो खान्थ्यौँ । तर आज भोलि दुख छैन चामलको भात खान पाएकोेले फापर छर्न नै छोडी सक्यो । उहिले बारिमा फलेको मकै, कोदो, फापर र जौँ मात्रै खानु पथ्र्यो । नभए साग सिस्नु बाहेक अरु अन्न खानु पाईदैनथ्यो । तर आज भोलित पैसा भए चामलको बोराका बोरा पाईन्छ । अनि किन दुख गर्छ र उनले बताए ।

चामलको त के कुरा नुन किन्न जानु पनि महिना दिनको बाटो हिड्नु पथ्र्यो । तर आज भोलि घर घरमै सवै कुरा पाउँछ । त्यसैले आजभोलिको मान्छे अल्छे भाको छ तामाङले बताए ।

ग्रामिण समुदायको मानिसहरुलाई सहरीया परिवेशले आकर्षण गरेको हुनाले मौलिक बालिहरुको स्थिती धरापमा पर्दैगएको छ । उक्त बालिहरुको संरक्षण र सम्बर्दन गर्नु पर्ने जरुरी भएपनि कसैको ध्यान नगएकोले लोप हुने अवस्थामा पुगेको पाईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0