२९ सालमा नापी भएको जग्गा लालपूर्जा नबन्दा पिडितको पिडित

उदयपुर, पुस ८ गते ।

२९ सालमा नापी भएको जग्गाको जग्गा धनीहरु अझै सुकुम्बासीको रुपमा बासोबास गर्दै आएका छन् ।

उदयपुरको गाईघाट स्थित जनजोति टोलका बासिन्दाहरुको जग्गा २९ सालमै नापी भएपनि लाल पुर्जा नदिएपछि अझै सुकुम्बासीकै रुपमा बस्न बाध्य भएका हुन् ।

२०२९ सालमा कित्ता नम्बर ५२ को जग्गाका स्थलगत सर्वे÷नापी गरी दिल बहादुर बोटको नाममा एक विघा ४ कठ्ठा ११ धुर जग्गाको फिल्डबुक उत्तार दिए पनि अझै जग्गाको धनि पूर्जा पाएको छैन । व्यक्तिको नाममा फिल्डबुक उत्तार दिए पनि लाल पुर्जा नदिएपछि सुकुम्बासी भएर नै बाच्न बाध्य भएको दिल बहादुर बोटको श्रीमति टुनि कुमारी बोटले बताए ।

बोटका अनुसार उनिहरु जस्तो धेरैलाई दिएपनि कसैले जग्गाको धनिपुर्जा नपाएको बताए । खोला सँग जुध्दै जमिन बचाएर आएको भएपनि अझै सुकुम्बासी नै रहेको छौँ । नापी भयो तर धनी पुर्जा दिएन बोटले बताए ।

अहिले उक्त टोलमा ३३ घरले बसोबास गर्दै आएको छ । त्यतिबेला सवोबास गर्नेहरुलाई सबैलाई यस्तो कागज दिएको थियो तर धनिपुर्जा भने दिएन हामी मर्कामा परेका छौँ बोटले बताए । बेला बेलामा जिल्ला प्रशासनले उठाउने घर भत्काउने जस्तो सुचना प्रकाशन गर्ने भएको हामी डर त्रासले बस्नु पर्ने बाध्यता छ बोटले बताए ।

भएको जग्गा यति हो, विहान बेलुका ज्यालामा काम गरेर खान्छौँ भएको एउटा झुपडी पनि भत्काई दियो भने काहा जाने, काहा बस्ने, के खाने, हाम्रो त विजोग नै हुन्छ बोटले बताए । त्येतिबेला टाठाबाठाले धनिपुर्जा लियो तर हामी गरिब र केहि नबुझेकोले सुकुम्बासी बन्नु प¥यो बोटले दुखेसो पोख्दै बताए ।

बेला बेलामा सरकारले उक्त सुकुम्बासी बस्तीको अध्ययन भने नगरेको होईन । तर पनि सुकुम्बासीलाई नत व्यावस्थीत ठाउँमा हस्तारण नै गर्न सक्यो नत बसीआएको जग्गाको धनिपुर्जा नै दिन सक्यो । बरु उल्टै उठाएर लखेट्ने जस्ता सुचना प्रकाशन गरि जनतालाई त्रासित पार्ने काम गरेको राष्ट्रिय भुमिअधिकार मंञ्च उदयपुरको संयोजक फुर्तीमान राई आरोप लगाएको छ ।

धेरै पुरानो बस्ती र केहि व्यक्तिको नाममा फिल्डबुक उत्तार समेत दिएकोले उठाउने होईन सके उक्त जग्गाको धनी पुर्जा दिनु पर्ने नसके कुनै व्यावस्थीत ठाउँमा बसोबासको व्यावस्था मिलाउनु पर्ने राईले बताए । अझै पनि विभिन्न प्रमाण भएकोले हिले त सरकारले धनि पुर्जा दिनु पर्ने राईको दावी छ । पञ्चायतकाल देखिको अहिले सम्मको प्रमाणहरु भएकोले सरकारले धनि पुर्जा दिनुमा कुनै समस्या नआउने राईले बताए ।

२९ सालमा नापी शाखा उदयपुरले फिल्डबुक उत्तार दिल बहादुर बोट, अरिमान मगर लगायतका व्यक्तिहरुको नाममा दिएको भएपनि आज सम्म धनि पुर्जा पाएका छैन मगरको छोरी पशुपति मगर (बोट)ले बताईन् । हामी यहि जन्मीएर हुकेका हौँ बाबुको नामको फिल्डबुक उत्तार सकेत थियो तर सरकारले बेवास्था गर्दा आज सुकुम्बासीको नाप पाएका छौँ मगर (बोट)ले बताईन् ।

बुवाहरु २१ साल देखि बसोबास गर्दै आएपनि सरकारले धनि पुर्जा नदिदा सुकुम्बासीको रुपमा बसोबास गर्दै आएकको मगर (बोट)ले बताईन् । धेरैले जग्गा किन्न माग्न आयो तर बुवाले बेच्नु मान्नु भएन तर पछि कृषी बजार केन्द्रले धेरै खायो उनले बताईन् ।
बेला बेलामा प्रशासनले घर टहरा भत्काई लखेट्ने सुचनाले त्रासमय बनाउने गरेको छ । नगरपालिकाले केहि आस्वसन दिएपनि कार्यन्वयन भएको छैन । घर टहरा भत्काएर उठायो भने काहा जाने के खाने भन्ने चिन्ता सबैमा छ मगर (बोट)ले बताईन् ।

२९ सालमा स्थलगत सर्वे/नापी गरि विभिन्न कित्ता नम्बरमा व्याक्तिहरुलाई फिल्डबुक उत्तार दिएको भएपनि धनि पुर्जा दिएको छैन । धनि पुर्जा नदिएको जग्गा पछि हवाई मैदानको लागि एक लौटी नामाकरण गरि एक सय ३ नम्बर कित्तामा गाएको सुकुम्बासीहरु बताउछन् ।

उनिहरु सँग घरधुरी कर तिरेको रसिद, सुकुम्बासी परिचय पत्र, मटितेल करको रसिद लगायत विभिन्न प्रमाण भएपनि सरकारले व्यावस्थापन गर्न नसकेको उनिहरु बताउछन् ।
हवाई मैदान नबन्ने भएपछि थारुहट रङ्गशाल, मदनभण्डारी सभा गृह, कृषी बजार केन्द्र लगायतको सार्वजनिक स्थहरुको निर्माण कार्य धमाधम भईहरको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0