डिजिटल लिड डिस्प्ले बोर्ड राख्ने जिल्लाकै पहिलो स्थानीय सरकार “लिम्चुङबुङ”

उदयपुर, पुस ११ गते ।

गाउँ र जनताको विकास तथा समृद्धिका लागि दिर्घकालिन विकास योजना र दिगो कार्यमा जोड दिदैं आएको उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले जिल्लामै पहिलो एक नयाँ काम गरेको छ ।

पालिकाले नयाँ कामको रुपमा प्रभावकारी सूचना प्रवाहसमेतका लागि गाउँ कार्यपालिकाको कार्यालयमा डिजिटल लिड डिस्प्ले बोर्ड राखेको हो । उक्त डिजिटल बोर्डमा “लिम्चुङबुङ गाउँ कार्यपालिका” लेखिएको अक्षर डिस्प्ले हुनुका साथै गाउँपालिका र वडास्तरमा भएका योजनाहरु, बैंठक तथा बैंठकका निर्णयहरु, सार्बजनिक महत्वका सूचना तथा सन्देशहरुको बारेमा सूचना प्रवाह गरिने पालिका अध्यक्ष मेजरकुमार राईले बताउनुभयो ।

जनताको सूसुचित हुने हकको सम्मान, प्रभावकारी सूचना प्रवाहलाई मध्येनजर गर्दै डिजिटल बोर्ड राखिएको उहाँले बताउनुभयो । बोर्डमा “समृद्ध लिम्चुङबुङ गाउँपालिकाको आधार – शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनसहितको पूर्वाधार” लेखिएको नारा तथा आगन्तुत सेवाग्राही तथा अतिथिहरुलाई “हार्दिक स्वागत” लेखिएको अक्षरसमेत डिस्प्ले हुनेछ । चार नगर र चार गाउँपालिका गरी आठ स्थानीय सरकार रहेको उदयपुरमा लिम्चुङबुङले पहिलोपटक यस्तो कार्य गरेको हो ।

प्रविधिको सदुपयोगले जनताका लागि प्रवाह गरिने सेवालाई छिटो, छरितो र सहज बनाउनुका साथै विकास र प्रगतिको सूचक पनि हुने भन्दै अध्यक्ष राईले छिट्टै विद्यालयमा अनलाईन शिक्षा सञ्चालन तथा जीआईएफमा आधारित डिजिटल भिलेज प्रोफाईन, लिम्चुङबुङ मोवाईल एप्स, ग्रुप एसएमएस प्रयोगमा ल्याउन लागिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0