रौता र आसपासको सम्भावना चिया र कफिखेती

उदयपुर, पुस १५ गते ।

उदयपुरको पहाडि भूभागमा कफि तथा चियाखेती उपयुक्त देखिएको छ । नेपाल सरकार, राष्टिय चिया तथा कफि बोर्ड, क्षेत्रीय कार्यालय पोखराको स्थलगत अध्यायन तथा केहीवर्ष यता गरिएको नमुनाखेतीबाट चिया तथा कफिको व्यवसायिकखेतीमा राम्रो सम्भावना देखिएको हो ।

उच्च गुणस्तरको प्राङ्गारिक कफी तथा चिया उत्पादन गर्न सकिने राष्ट्रिय चिया तथा कफि विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराको निर्देशक लक्ष्मण पोखरेलले बताउनुभयो । निर्देशक पोखरेलका अनुसार अन्तराष्ट्रिय बजारमा कफिको माग अत्याधिक रहेकाले जति ठूलो मात्रामा उत्पान भएपनि बजारको अभाव छैन ।

समुन्द्रसतहदेखि सातसय मिटरभन्दा उच्च भागमा हुने कफि र चियाखेतीका लागि रौतामाई गाउँपालिकाको अधिकांश भूभाग र त्रियुगा नगरपालिकाको पहाडीवडाहरु उपयुक्त छन् । केहीवर्ष यता स्थानीयको सक्रियतामा चिया तथा कफि खेतीको अध्ययन तथा नमूनाखेतीसमेत गरिएको र त्यसबाट राम्रो सम्भावना देखिएपछि कृषकहरु उत्साहित बनेको कृषक विष्णु कटुवालले बताउनुभयो । उदयपुरको अन्य पालिकाका पहाडी भूभाग पनि कफि तथा चियाखेतीका लागि उपयुक्त रहेको जनाईएको छ ।

चियाका लागि नेपालको प्रख्यात चिया वगान इलामसंग मिल्दोजुल्दो हावापानी तथा भूगोल रहेको र नेपालको पहिलो कफीखेती जिल्ला गुल्मीसंग मिल्दोजुल्दो देखिएपछि यहाँ कफी र चियाखेतीको पहल थालिएको हो । आप्mनै ठाउँमा केही गर्ने उद्देश्यले जिल्लाको प्रमुख धार्मीक एवम् पर्यटकीय स्थल रौता पोखरी र आसपासका क्षेत्रलाई कृषि तथा पर्यटनमा जोड दिदै व्यवसायिकरुपमा चिया तथा कफिखेतीको कदम अगाडि सारिएको रौतारानी माई कृषक समूह उदयपुरको अध्यक्ष ध्रुब रायमाझिले बताउनुभयो ।

उपयुक्त हावापानी, भूगोल र स्थानीय कृषकको सक्रियाताबाट प्रभावित बनेको राष्टिय चिया तथा कफि बोर्ड, क्षेत्रीय कार्यालय पोखराको विज्ञ तथा प्राविधिकटोलीले स्थानीय कृषकहरुलाई कफीखेती बारे तालीम दिएको छ । तालिममा स्थानीय कृषकहरुको सक्रिय सहभागिता रहेको थियो । विशेषगरी कफीखेती कसरी गरिन्छ भन्ने विषयमा तालिम दिइएको थियो ।

खाली तथा बाँझो पाखो बारीमा चिया तथा कफीखेती गरेरै राम्रो आम्दानी गर्न सकिने र विदेशीनुपर्ने बाध्यताका युवाशक्तिलाई गाउँमै रोक्न सकिने विश्वासका साथ कृषकहरु लागी परेका छन् । यसबाट राम्रो आयआर्जनका साथ जिविकोपार्जनमा सुधार हुने विश्वास रहेको रौतारानी माई कृषक समुह उदयपुरको सदस्य जित बहादुर राउतले बताउनुभयो ।

चिया तथा कफिखेतीसंगै जोडेर घरघरमा गाई, भैसी, बाख्रा, बंगुर पालेर प्राङ्गारिक मल उत्पादन गर्ने र प्रयोगमा ल्याउने कृषकहरुको योजना छ । दुध तथा मासुका लागि हुने पशुपालनका लागि डालेघाँस खेतीका साथै तरकारी तथा फलफुलखेतीसमेत गर्ने योजना छ । थुप्रै सम्भावनाकाबीच गाईघाट–रौता सडकको स्तरोन्नती र सिँचाई भने चुनौतीको रुपमा रहेको छ ।

स्थानीय सरकारको समृद्धिसंग जोडेर थालिएको यस कार्यले विपन्न बर्गसम्मकालाई स्वरोजगार र आत्मनिर्भर बनाउने भएकाले सबैतहका सरकारले सहयोग र भूमिका खेल्न आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0