अन्तिम खेलमा नेपालको सान्त्वना जित

पूर्णपुष्टि, साउन ३ । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटको समुहगतको आफ्नो अन्तिम खेलमा नेपालले यूएई ‘ए’ माथि ३ विकेटको जित निकालेको छ । यूएईले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपालले २३ ओभरमा ७ विकेट गुमाएर भेटाएको हो ।

नेपालका लागी ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरे । फराजुद्दिनको बलमा नवाजबाट क्याच हुनु अघि भुर्तेलले ९ चौका र ४ छक्काको मद्दतमा ७१ रन जोडे । अर्का ओपनर अर्जुन साउद जवादुल्लाहको पहिलो बलमै रन बिहिन आउट भएका थिए ।

नेपालका लागी देव खनाल र सन्दीप जोराले २४–२४ रन जोडे। गुल्सन झाले ११ रन, कप्तान रोहित पौडेलले ९ रन, पवन सर्राफ रन बिहिन आउट भए भने प्रतिश जिसीले ३ बलमा नटआउट ८ रन जोडे। युएईका पराजुद्दिनले ५ विकेट लिए भने जवादुल्लाहले २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको यूएईले ४४ ओभरमा अलआउट हुदैँ १५७ रन बनाएको थियो । युएईका ओपनर लवप्रित सिंहले अर्धशतक प्रहार गरे । कुशल भुर्तेलको बलमा सन्दीप जोराबाट क्याच हुनुअघि उनले ८२ बलमा ५२ रन जोडे।

नेपालका लागी कुशल भुर्तेलले ६ विकेट लिए भने श्याम (मौसम) ढकालले २ र कुशल मल्ल र पवन सर्राफले १–१ विकेट लिए । समुह चरणबाट बाहिरिसकेको दुबै टिम बिचको अन्तिम खेलमा नेपालले सान्त्वना जित निकालेको छ ।

यसअघिको खेलमा भारत र पाकिस्तानसँग हारेर नेपाल र युएई दुबै आउट भईसकेको छ । समुह ए बाट भारत र पाकिस्तान सेमिफाईनलमा पुगेको छ भने दुबै टिम समुह विजेताको लागी आज भिडिरहेका छन् । यसअघि समुह बी बाट बंग्लादेश समुह बिजेता र श्रीलंका उपविजेता बन्दै सेमिफाईनलमा पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0