सप्तकोशी किनारको कुटपिट घटनामा संलग्न थप दुई युवती पक्राउ

पूर्णपुष्टि, साउन ३ । सुनसरीको बाराहक्षेत्र–९ स्थित राजाबास सप्तकोशी किनारमा युवतीमाथि कुटपिट गरेको आरोपमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका–८ की १८ वर्षीया दुर्गा राई र २२ वर्षीया बिनिता उराँउ रहेकी छन् ।

मंगलबार पक्राउ परेका दुबै युवतीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले बुधबार सार्वजनिक गरेको हो । उनिहरुलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक राजेश दत्तको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको हो । यसअघि बराहक्षेत्र नगरपालिका–१० की १९ वर्षीया प्रिति लिम्बुलाई पक्राउ गरी गत सोमबार प्रहरीले सार्वजनिक गरेको थियो ।

असार २९ गते ५ जना युवतीको समुहले बराहक्षेत्र–९ की १९ वर्षीया मनिषा राईसहित तीन जनालाई बोलाए कुटपिट गरेको र आफैले भिडिओ बनाएर सामाजिक सञ्जालमा समेत राखेको प्रहरीले जनाएको छ। कुटपिट घटनामा संलग्न फरार दुई युवतीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0