कटारीमा शुक्रबार देखी नृत्य र गायन प्रतियोगिता हुने

पूर्णपुष्टि, साउन ४ । उदयपुरको कटारी नगरपालिकामा यही श्रावण ५ गते शुक्रबार देखी नृत्य र गायन प्रतियोगिता हुने भएको छ । ताल डान्स हाउसको आयोजनामा राईजिङ कटारी नृत्य तथा गायन प्रभियोगिता हुने भएको हो ।

संस्थाको १० औ वार्षिकोत्सवको सन्दर्भ पारेर नृत्य र गायन प्रतियोगिता सञ्चानलन गर्न लागिएको संचालक एवं नृत्य निर्देशक एमजे मिथुनले बताउनुभयो । नगर क्षेत्रमा रहेका बालबालिका तथा किशोरकिशोरीलाई आफ्नो प्रतिभा देखाउने र हेर्ने वातावरण तयार गर्ने, उनीहरूमाझ प्रतिभाको माध्यमबाट शिक्षा र संस्कृतिलाई अघि बढाउने तथा हरेक बालबालिका तथा युवाको मनोरञ्जनको अधिकारको संरक्षण तथा प्रर्वद्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको निर्देशक मिथुनले जनाए ।

यस प्रतियोगितामा बिद्यालयका बालबालिका देखी लिएर किशोरकिशोरी सबैले भाग लिन सक्नेछन् भने राष्ट्रिय भावका वा शिष्ट गीतमा नेपालको सबै भाषामा एकल प्रस्तुतिलाई मात्र प्रतियोगितामा सहभागी गराईने छ । कटारी नगर स्थित सम्पुर्ण सम्भावित विद्यालय तथा प्रशिक्षण केन्द्रहरुबाट शुक्रबारदेखी अडिसन लिएर छनोट भएका सहभागिहरुलाई विशेष प्रशिक्षण कार्यशाला प्रदान गरिने आयोजनले जनाएको छ । यस प्रतियोगिताको विजेतालाई नगद पुरस्कार सहित उच्च शिक्षाका लागी छात्रबृत्ति प्रदान गरिने आयोजनले जनाएको छ । साथै जिल्ला तथा अन्य स्तरिय प्रतियोगिताहरुका लागि पनि सहभागि गराईने छ । प्रतियोगिताको प्रस्तुतीकरण र व्यवस्थापन विङ्गस इन्टरटेन्मेन्टले गर्ने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0