गृहमन्त्री श्रेष्ठको भ्रामक प्रचार गर्ने प्रेस चौतारीका अध्यक्ष बस्नेत बिरुद्ध साईबर ब्युरोमा उजुरी

पूर्णपुष्टि, साउन ४ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजि श्रेष्ठको भ्रामक प्रचार गर्ने प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतविरुद्ध नेपाल प्रहरी साईबर ब्युरोमा उजुरी परेको छ ।

नेकपा (एमाले) निकट पत्रकारहरुको संस्थाको अध्यक्ष बस्नेतले गृहमन्त्रीले ‘सुन पास गराएको’ भन्दै सामाजिक सञ्जलमा भ्रामक प्रचार गरेकोले उनिविरुद्ध उजुरी गरेको श्रेष्ठको सचिवालयले जनाएको छ । त्यस्तै विमानस्थलबाट भन्सार पास भएर बाहिरिएको सुनलाई जोडेर भ्रामक समाचार प्रकाशन गर्ने जनबोली डटकम (अनलाईन) विरुद्ध प्रेस काउन्सिलमा उजुरी परेको छ । अध्यक्ष र अनलाईन विरुद्ध उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले आजै उजुरी दिएका हुन् ।

अध्यक्ष बस्नेतले बिहीबार सामाजिक सञ्जाल फेसबुकको स्ट्याटसमा लेखेका छन् ‘मलाई आएको सूचना यस्तो छ, ‘गृहमन्त्रीले पास गराएको सुन अर्थमन्त्रीले समाते।’ मैले सोधें– कसरीरु जवाफ आयो खोज्नोस्, सत्य यही हो।’ अब कसरी पत्याउनुरु नारायणकाजी कमरेड जस्तो त्यागी, एक रुपैयाँ आम्दानी नभए पनि दैनिक ५० हजार खर्च गरेर हिँड्न सक्ने त्यागी गृहमन्त्री भएको बेला यस्तो होला भनेर ।

गिरीले दिएको उजुरीमा ‘जनबोली न्यूज नेटवर्क प्रालिको अनलाइन मिडियाले गृहमन्त्री श्रेष्ठविरूद्ध आपराधिक मनोवृत्ति राखेर भ्रमपूर्ण समाचार सार्वजनिक गरेको दाबी गरेको छ । झूटो र भ्रमपूर्ण समाचार छापेको कसुरमा तत्काल कानुनको दायरामा ल्याइ आवश्यक कारबाही गर्न प्रेस काउन्सिलमा उजुरी दिएका थियौं,’ सल्लाहकार गिरीले भने, ‘आजै पत्र काटी उक्त मिडियालाई काउन्सिलमा उपस्थित भएर समाचार प्रमाणित गर्न अथवा माफीसहित समाचार हटाउन २४ घण्टाको अल्टिमेटम दिएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0