धरान इटहरी रोडमा पर्ने जंगलमा गोली प्रहार हुँदा एक गम्भीर घाईते

पूर्णपुष्टि, ५ साउन ।

सुनसरीको सेउती खोला नजिकै जंगलमा गोली प्रहार भएको छ । मुलघाटबाट विराटनगर जाँदै गरेका विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीमाथि गोली प्रहार भएको हो । धरान(इटहरी रोडमा पर्ने जंगलको सेउती पुल नजिकै गोली प्रहार गरि लुटपाट भएको प्रहरी जनाएको छ ।

चौधरीले साथमा रहेको मोबाइल र पैसा लुटिएको छ । गम्भीर घाइते चौधरीलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको छ । प्रहरीका अनुसार उनको अवस्था चिन्ताजनक छ । सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले घटनाको अनुसन्धान भइरहेको बताए । गोली प्रहार हुनुको कारण नखुलेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1