नयाँ रेकर्ड कायम गरेको सुनको मुल्य प्रतितोला ८ सयले घट्यो

पूर्णपुष्टि, साउन ५ । नेपाली बजारमा बिहिबार नयाँ रेकर्ड कायम गरेको सुनको मुल्य आज प्रतितोला ८ सयले घटेको छ । बिहिबार प्रतितोलामा ५ सय रुपैँया बढेर हाल सम्मकै उच्च मुल्यमा कारोबार भएको सनुको भाउ शु्क्रबार भने घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहिबार नेपालमा हालसम्मकै उच्च मूल्य १ लाख १३ हजार ६ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि सामान्य घटेको छ । बिहीबार प्रतितोला १४ सय ९५ रुपैयाँमा कारोबार चाँदी शुक्रबार १५ रुपैयाँ घटेर प्रतितोला १४ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0