वृद्धामाथि सामुहिक बलात्कारको आरोपमा २ जना पक्राउ

पूर्णपुष्टि, साउन ५ । दाङमा एक बृद्धामाथि सामुहिक बलात्कार गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्युठानकी ७३ वर्षीया वृद्धामाथि बलात्कार गरेको आरोपमा तुलसिपुर महानगरपालिका–१५ का ३० वर्षीय पुष्कर रोका र सल्यान कुमाख गाउँपालिका–७ का २० वर्षीय रेशम विक पक्राउ परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसिपुरका डिएसपी पुष्पराज मल्लका अनुसार बिहिबार राति तुलसीपुर उपमहानगरपालिका–५ स्थित बसपार्कमा पार्किङ गरेर राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र बृद्धमाथि सामुहिक बलात्कार भएको हो । वृद्धामाथि बलात्कार भइरहेको सूचना पाएपछि सूचनाको आधारमा पुगेको प्रहरीले दुई जनालाई पक्राउ गरेको डिएसपी मल्लले बताए । यस घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0