मेस्सीको डेब्यु खेलमा मियामी बिजयी

पूर्णपुष्टि, साउन ६ । विश्व विजेता लिओनल मेस्सीको डेब्यु खेलमा इन्टर मियामी बिजयी भएको छ । लिग कप साउथ अन्तर्गत समूह सी को खेलको इन्जुरी टाइममा मेस्सीले गोल गरेपछि मियामीले क्रुज अजुलमाथि २–१ को जित हासिल गरेको हो ।

दोस्रो हाफमा मैदान प्रवेश गरेका मेस्सीले खेलको ९४ औं मिनेटमा फ्रिकिक मार्फत गोल गरेपछि मियामीले नाटकिय जित हात पारेको छ । त्यसअघि मियामीका थोमस टेलरले ४४ औं मिनेटमा गोल गर्दै आग्रता लिएका थिए भने खेलको ६५ औं मिनेटमा क्रुजका उरियल अन्टुनाले गोल गर्दै खेल बराबरी बनाएका थिए ।

पूर्व स्पेनिस क्लब बार्सिलोनादेखी सन् २०२१ मा पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका मेस्सी यसै समर मेजर सकर लिग क्लब इन्टर मियामीमा आबद्ध भएका हुन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0