सुन प्रकरणमा भन्सार विभागले थप एक कर्मचारी निलम्बन ग¥यो

पूर्णपुष्टि, साउन ६ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भई बाहिरिएर ट्याक्सीबाट बरामद भएको सुन प्रकरणमा भन्सार विभागले थप एक कर्मचारीलाई निलम्बित गरेको छ ।

विभागको शुक्रबार बेलुकाको निर्णयले एक्सरेमा संलग्न अपरेट सरोज श्रेष्ठलाई निलम्बन गरेको हो । करिब सय किलो सुन प्रकरणमा निलम्बन हुने श्रेष्ठ तेस्रो कर्मचारी हुन् । यसअघि विभागले अधिकृत सन्तोष चन्दसहित दुई जनालाई निलम्बन गरिसकेको छ ।

मंगलबार क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको सुन बुधबार भन्सार पास भएर विमान्स्थलबाट बाहिरिएको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन विमानस्थलबाट बाहिरिएको खबर पाएपछि राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । यो सुन प्रकरणमा विदेशी नागरिक सहित केही व्यक्तिहरु पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0