ड्युटीमा खटिएको ट्राफिक प्रहरीमाथि कुटपिट गर्ने युवक पक्राउ

पूर्णपुष्टि, साउन ७ । ललितपुरको चापागाउँ दोबाटोमा ट्राफिक प्रहरीमाथि कुटपिट गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । ड्युटीमा खटिएको ट्राफिक प्रहरी हवलदार सुनिल शाहमाथि कुटपिट गरेको आरोपमा ताप्लेजुङ घर भई चापागाउँ दोबाटोमा मोबाइल पसल गर्ने २६ वर्षीय विश्वास राईलाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो ड्युटीमा खटिएका ट्राफिक प्रहरी हवलदार शाहमाथि निर्घात कुटपिट गर्ने राईलाई सोही दिन पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नवराज कार्कीले जानकारी दिए।

राईले ट्राफिक व्यवस्थापनको काममा खटिएको शाहसँग निहँ खोजी एक्कासी कुटपिट गर्न थालेको एसपी कार्कीले बताए । सिसीटिभी फुटेज हेर्दा ड्युटी गरिरहेका हवलदारसँग सडकमा बसिरहेका ती व्यक्ति आफैले निहुँ खोजेको र अकास्मात् कुटपिटमा उत्रिएको देखिएको उनले बताए । पक्राउ परेका राईलाई प्रहरी वृत सातदोबाटोमा राखी अभद्र व्यवहारमा मुद्धा चलाउने र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0