एक हप्ता सम्म रोएर विश्व किर्तिमान बनाउने प्रयास, तर असफल

पूर्णपुष्टि, साउन ८ । विश्वमा मानिसहरुले यस्ता यस्ता किर्तिमान कायम गरेका छन् कि हामिलाई पत्याउन गाह्रो हुने गर्छ । त्यस्तै, मानिसहरु चर्चामा आउन जे पनि गर्न तयार हुन्छन् । अझ गिनिज बुकमा नाम लेखाउन त मानिसहरुले आफ्नो ज्यानको बाजी समेत लगाउने गर्छन् ।

यस्तै, एक घटना नाईजेरियामा घटेको छ । एक नाईजेरियाली युवकले एक हप्ता सम्म रोएर विश्व किर्तिमान बनाउने प्रयास गरेका छन् । नाईजेरियाका टेम्बू एबेरेले सबैभन्दा लामो समयसम्म आँसु बगाएर रुने विश्व कीर्तिमान बनाउने कोसिस गरेतापनि यसको लागी आवेदन नदिएको कारण गिनिज वर्ल्ड रेकर्डको किताबमा उनको नाम दर्ता भएन् ।

सात दिन सम्म लगातार रोएको कारण उनले आँखाको गम्भीर समस्या भोग्नुपर्‍यो । उनले केही समयका लागि आँखा नै देख्न छाडे भने टाउको दुख्ने अनि अनुहार र आँखा समेत सुन्निएर चिन्नै मुस्किल हुने जस्तो भए । उनले स्थानिय मिडियामा बल्दै भनेका छन् ‘मैले आँसु बगाउने काम रोक्नुपयो किनकि यसत्रममा मैले गम्भीर स्वास्थ्य समस्याहरुसँग जुध्नुपर्‍यो । म ४५ मिनेटका लागि आंशिक रुपमा दृष्टिबिहीनसमेत बनें । सुन्निएको आँखाको भाग अहिलेसम्म ओर्लिएको छैन ।’

रेकर्ड कायम गर्नका लागि टाइमर लगााएर कुर्सीमा बसेका उनले टिकटकमा लाइभ गरेका थिए । उनको भिडियोले ५० लाखभन्दा धेरै भ्यूज पाएको छ साथै हजारौं मानिसहरुले उनलाई फलो गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0