कोरियाली भ्लगरसँग पैसा लिने ट्राफिक प्रहरी हवल्दार निलम्बित

पूर्णपुष्टि, साउन ८ । भारतको दिल्लीमा कोरियाली भ्लगरसँग पैसा लिने ट्राफिक प्रहरी हवल्दारलाई निलम्बन गरिएको छ । दिल्ली ट्राफिक प्रहरीले आइतबार आफ्ना एक हवलदारलाई पाँच हजार घुस लिएको आरोपमा निलम्बन गरेको हो ।

कोरियन भ्लगरले ट्राफिकले पैसा लिएको भिडियो १३ लाख सब्सक्राईबार रहेको आफ्नो FITVELY युट्युब च्यानलमा अपलोड गरेका थिए । यस भिडियो सँगै भ्लगरले लेखेका छन् – त्यसैले तपाईंले भारतमा कार चलाउनु हुँदैन । उनले यो भिडियो अपलोड गर्दा यो क्लिप सामाजिक सञ्जालमा पनि शेयर भएको छ ।

उक्त भिडियोमा कारबाट कतै गहरहेको भ्लगरलाई चेकिङमा खटिएको ट्राफिक हवल्दारले रोकेको देखिन्छ । त्यसपछि ट्राफिकले पाचँ हजार भारु मागेको देखिन्छ, तर भ्लगरले पाचँ सय होला भनेर पाचँ सय भारु झिकेर दिएका छन् । भ्लगरले पाचँ सय झिकेर दिदाँ ट्राफिकले पाचँ हजार होईन पाचँ हजार भनेर माग्छन र भ्लगरले पाचँ हजार झिकेर दिएको देख्न सकिन्छ । त्यसपछि ती प्रहरी हवलदारले भ्लगरलाई कुनै रसिद नदिई त्यहाँबाट हिँड्छन् ।

पैसा लिने हवल्दारलाई निलम्बन गरिएको र विभागीय अनुसन्धान भईरहेको दिल्ली प्रहरीका पीआरओ सुमन नलवाले बीबीसीलाई भनेका छन् । ट्विटरमा सेयर गरिएको यस भिडियो क्लिपमा ट्राफिक प्रहरीको अफिसियल ह्यान्डलबाट प्रतिक्रिया दिईएको छ । ट्विटरमा लेखिएको थियो – सामाजिक सञ्जालमा पोस्ट गरेको सूचनालाई लिएर भिडियोमा देखिएका प्रहरीलाई निलम्बन गरिएको छ । भ्रष्टाचारमा प्रहरीको शून्य सहनशीलताको नीति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0