कोशी प्रदेश सरकारविरुद्धको रिटमाथि सुनुवाई सुरु

पूर्णपुष्टि, साउन ८ । सर्वोच्च अदालतमा नेकपा एमालेले कोशी प्रदेश सरकार विरुद्ध दिएको रिटको सुनुवाई सुरु भएको छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा १२ः३५ बजेदेखि सुनुवाइ सुरु भएको हो ।

कोशी सरकारमा असंवैधानिक रुपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाएको भन्दै पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले सर्वोच्च असार २२ गते रिट निवेदन दर्ता गराएका थिए ।

सरकार गठनमा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरिएको भन्दै कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा र सभामुख गौतमलाई विपक्षी बनाएर रिट निवेदन दिएका हुन् । रिट निवेदनमा कार्कीले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परामादेशको मागसमेत गरेका छन्

चार दलको समर्थनमा थापा मुख्यमन्त्री नियुक्त हुँदा सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेका थिए । सभामुखको हस्ताक्षर प्रयोग गरेको भन्दै सरकारको वैधानिकतामाथि प्रश्न उठाएका कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा र सभामुख गौतमलाई विपक्षी बनाएर रिट निवेदन दिएका हुन्। कार्कीले दिएको रिट निवेदनमा ठुलो दलको हैसियतले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परामादेशको मागसमेत गरेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0