अविरल वर्षाको कारण दाङको देउखुरी क्षेत्रको दर्जन बढी घर डुबानमा

पूर्णपुष्टि, साउन ९ । अविरल वर्षाको कारण दाङको देउखुरी क्षेत्रका दर्जन बढी घर डुबानमा परेको छ । गएरातिदेखी लगातार बर्षात भएपछि लमही नगरपालिका, गढवा र राजपुर गाउँपालिकाका केही घर डुबानमा परेको जिल्ला आपतकालिन कार्य संचालन केन्द्रले जानकारी दिएको छ ।

भारी वर्षासँगै राप्ती नदीमा आएको बाढीले राजपुर गाउँपालिका ५ भुर्कीहवाका स्थानीयको १२ वटा घर जति डुबानमा परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले जानकारी दिए। त्यस्तै लमही नगरपालिका–१ सुनडबरी र वडा नं. ३ को कान्तिपुरमा चार घर डुबानमा परेको छ। लमहीको सुनडबरी, राजपुर ५ भुर्कीहवामा केही घर ठाउँ डुबानमा परेको केन्द्रले जानकारी दिएको छ । डुबानमा परेका व्यक्तिहरूको उद्धारको लागि प्रहरी खटिएका छन् ।त्यस्तै देउखुरीमा खहरे खोलामा बाढी आउदा बस्तीहरु जोखिममा परेका छन् । कौडिया खोला र सिंगे खोलामा बाढी आउँदा तल्लो तटीय क्षेत्रमा रहेका बस्ती डुबानको उच्च जोखिममा छन् । अहिले पनि पानी परिरहेकाले दिनभर सतर्क रहन अपिल गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0