कोशी सरकार विरुद्ध परेको रिटमा सर्वोच्चले तोक्यो पूर्ण इजालस

पूर्णपुष्टि, साउन ९ । कोशी प्रदेश सरकार गठन विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले पूर्ण इजालसमा पेसी तोकिएको छ । चार दलको समर्थनमा कांग्रेस संससदीय दलका नेता उद्धव थापा मुख्यमन्त्री नियुक्त हुँदा सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेका थिए ।

सभामुख सहितको समर्थनमा थापा मुख्यमन्त्री भएपछि नेकपा एमालेका संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री हिक्मत कुमार कार्कीले असंवैधानिक रुपमा सरकार गठन गरिएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

सरकारविरुद्ध परेको रिटमा सोमबार न्यायाधीशहरु सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासमा जटिल कानुनी प्रश्न समावेश भएको भन्दै यो विवाद निरुपणका लागि पूर्ण इजलासमा पठाउने आदेश दिएको हो । यस मुद्धाको सुनुवाईका लागी न्याधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलास तोकिएको छ । सर्वोच्च अदालतको नियमावलीको नियम २३ (ग) अनुसार संयुक्त इजलासलाई कुनै मुद्दामा जटिल कानुनी प्रश्नको निरुपण पूर्ण इजलासबाट हुन उपयुक्त छ भन्ने लागेमा पठाउन सक्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0