गृहमन्त्री श्रेष्ठको अभिव्यक्ति माथि ओलीको आपत्ति

पूर्णपुष्टि, ९ साउन ।
पछिल्लो समय सुन प्रकरणको कुरालाई लिएर गृहमन्त्री नाराणकाजी श्रेष्ठ दिईएको अभिव्यक्ति प्रति नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रश्न उठाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन बाहिरिएको बारेमा उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।

सोमवार राति कम्बोडियाको भ्रमण गरेर स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले गृहमन्त्रीले गैरजिम्मेवार भएको उल्लेख गरे । उनले गृहमन्त्रीले सुन तस्करीमा आफ्नो संलग्नता छ वा छैन भन्ने कुरा प्रमाणित गर्नुपर्ने र आफ्नो संलग्नता नभए कसको छ भन्नुपर्ने बताए ।

उनले विमानस्थलमा गृह मन्त्रालयले सुरक्षाकर्मी राखेको छ की छैन भन्दै प्रश्न गरे । उनले गृहमन्त्री भएर गैरजिम्मेवार अभिव्यक्ति दिँदै नहिँड्न चेतावनी दिए । उनले कसैले गृहमन्त्रीको जबाफदेहीको कुरा उठायो भनेर गृह मन्त्रालय मुद्दा हाल्न जानु कति न्यायसङ्गत हुन्छ भन्दै प्रश्न गरे ।

एक सञ्चारमाध्यमले सुन तस्करी प्रकरणको समाचारमा आफ्नो फोटो राखेकोप्रति ओलीले आपत्ति जनाए । उनले नेपाल च्याम्बर अफ कमर्सको अधिवेशनमा खिचिएको फोटो जोडेर आफ्नो भ्रामक प्रचार गरिएकोप्रति आपत्ति जनाए । सुन तस्करीको विषयलाई छोप्न गृहमन्त्रीले कुराहरू मोड्ने काम गरिरहेको बताए ।

उनले अनियमितता गर्नेहरूलाई अब छुट नहुने बताए । अध्यक्ष ओलीले सुन काण्डको सिलसिलाको कारबाही अन्तिमसम्म नपुर्याइकन एमालेले नछोड्ने बताए । उनले सुन बोक्ने भन्दा पनि बोक्न लगाउनेहरूलाई समातेर कारबाही नगरेसम्म एमाले चुप लागेर नबस्ने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0