भिमगिठेका इन्चार्ज होटलमा मृत फेला

पूर्णपुष्टि, साउन ९ । बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज एक होटलमा मृत फेला परेका छन् । बडिगाड गाउँपालिका ६ स्थितमा रहेका आशा होटलमा पासो लगाएको अवस्थामा वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) उज्वल पौडेल भेटिएको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जानकारी दिइन् ।

प्रमुख श्रेष्ठका अनुसार होटेलको तल्लो तलामा पर्दाको पासो लगाएर झुण्डिएको देखेपछि होटल साहुजीको छोराले पासो काटेर वडा अभ्यक्षलाई खबर गरेको खबर आएको छ । घटनाको अनुसन्धानको लागी होटेल साहुनी र छोरालाई चौकीमा पठाएको उनले बताइन् ।

सोमबार राति साढे १२ बजेतिरको घटना रहेको र घटना भएपछि होटल सञ्चालनकले १ बजेतिर वडा अध्यक्षलाई फोन गरेर सुचना दिएको बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयको टोली घटना स्थलमा खटिएको र यस सम्बन्धमा अनुसन्धान भईरहेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0