विमानस्थल भन्सारको प्रमुख पोखरेललाई जिम्मेवारीबाट हटाईयो

पूर्णपुष्टि, ९ साउन ।
त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलको भन्सार प्रमुख अरुण पोखरेललाई जिम्मेवारीबाट हटाईएको छ । पोखरेललाई सुन प्रकरणबारे छानबिन गर्न उक्त जिम्मेवारीबाट हटाईएको अर्थ मन्त्रालयले जनाएको छ ।

झन्डै एक क्विन्टल सुन विमानस्थलको भन्सार जाँच पास गरेर बाहिरिएको घटनामा छानबिन गर्न पोखरेललाई उक्त जिम्मेवारीबाट हटाएका होँ, मन्त्रालयका प्रवक्ता धनिराम शर्माले भने । पोखरेलको ठाउँमा भन्सार कार्यालय प्रमुखका लागि सहसचिव टोकराज पाण्डेलाई पठाइएको छ । प्रवक्ता एवं सहसचिव शर्माका अनुसार पाण्डे आइतबारमात्रै राष्ट्रिय किताब खानाबाट अर्थमा सरुवा भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0