घाईते अवस्थामा फेला परेको लोपन्मुख पंक्षी (मलाहा हुचिल) बन कार्यायमा बुझाईयो

पूर्णपुष्टि, १० साउन ।
उदयपुरमा लोपन्मुख पंक्षी (मलाहा हुचिल) अवस्थामा फेला परेको छ । चौदण्डीगढी नगरपालिका ७ गोरेटोलाइनमा उक्त हुचिल बुधबार घाईते अवस्थामा फेला परेको हो । घाईते अवस्थामा रहेका लाटोकोसेरा प्रजातिको संरक्षित पंक्षी हुचिललाई स्थानीयहरुले उद्धार गरी डिभिजन वन कार्यालय गाईघाटमा बुझाइएको हो ।

वसन्तपञ्चमी सामुदायिक वन उपभोक्ता समितिका सह–सचिव सुनिल राईले उक्त पंक्षीलाई संरक्षण सुरक्षाका लागि वन कार्यालयमा बुझाईएको जनाए ।

अवैध ढङ्गले बिक्रीवितरण हुने गरेको उक्त पंक्षी बिक्री गर्न सक्ने भएको हुदा संरक्षित गर्न वन कार्यालयलाइ बुझाउन उचित रहेको राईले जनाए । मलाहा हुचिलको प्राकृतिक वासस्थान नै जङ्गल हो । करिब ६० वर्ष आयु हुने मलाहा हुचिलको तौल तीन केजीभन्दा बढी हुँदा खुट्टाका नङ्ग्राले सिसा काट्न सक्ने र पाँच केजी तौल नाघेपछि यसलाई छुँदा करेन्ट लाग्ने शोधकर्ताहरु बताउँछन् । लाटकोसेरो प्रजातिको मलाहा हुचिलको सङ्ख्या वर्षेनी घट्ने क्रममा रहेको जनाइएको छ ।

नेपालमा दुर्लभ र संवेदनशील चरा प्रजातिको रुपमा लिइने हुचिल सिकारी र तस्करको निशानामा पर्दै आएको छ । सिकारीले मासु खान र तस्करले विदेश निर्यात गर्नका लागि हुचिल चरालाई निशाना बनाउने गरेको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0