मेस्सीको दुई गोलमा मियामी विजयी

पूर्णपुष्टि, साउन १० । अमेरिकी मेजर सकर क्लब इन्टर मियामी लिग कपको आफ्नो दोस्रो खेलमा विजयी भएको छ । अर्जेन्टिनी सुपरस्टार फुटबलर लियोनल मेस्सीले लिग कपको खेलमा लगातार गोल गरेका छन् ।

बुधबार डीआरऐ पिएनके स्टेडियममा भएको खेलमा मेस्सी र रोबर्ट टेललरे समान दुई–दुई गोल गर्दा मियामीले एटलान्टा युनाइटेडमाथि ४–० को जित निकालेको छ ।

मियामीका लागी मेस्सीले खेलको ८ औं मिनेटमा गोल गर्दै आग्रता लिएका थिए भने २२ औं मिनेटमा रोबर्ट टेलरको पासमा दोस्रो गोल गर्दै आग्रता दोब्बर पारे । खेलको ४४औं मिनेटमा रोबर्ट टेरलले गोल गरेपछि पहिलो हाफमा मियामीले ३ गोलको आग्रता लिएको थियो भने ५३ औं मिनेटमा मेसीकै पासमा रोबर्ट टेलरले गोल गर्दै ४–० को आग्रता बनाए ।

यसअघि मेस्सीको डेब्यु खेलमा मियामीले अजुलमाथि २–१ को जित निकालेको थियो । एक–एक गोलको बराबरीमा रहेको खेलमा मेस्सीले इन्जुरी टाईममा फ्रिकिकमार्फत गोल गर्दै मियामीलाई जिताएका थिए । लिग कपको साउथ तीन समूहमा लगातार दुई खेल जितेपछि इन्टर मियामी समूह विजेता बन्दै अन्तिम ३२ मा प्रवेश गरेको छ । जहाँ इन्टर मियामीले अब लिग कपको साउथ २ समूहको विजेतासँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0