राष्ट्रिय अनुसन्धान विभागका अधिकृत मृत भेटिए

पूर्णपुष्टि, साउन १० । सर्लाहीमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एकजना अनुसन्धान अधिकृत मृतअवस्थामा भेटिएका छन् । ईश्वर नगरपालिका– ६ बयलवास बजार निवासी २९ बर्षीय बसन्त साह सोही नगरापलिका ९, खोरिया टोलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

साह फूलजोर–त्रिभुवननगर सडकखण्ड अन्तर्गत खोरिया टोल नजिकैको कल्भर्ट मुनि आज बिहान मृत फेला परेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिए । सोही स्थानमा उनले प्रयोग गर्ने बागमती प्रदेश ०२–०१६ प ००७१ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । घटनाको प्रकृति हेर्दा साहको मोटरसाइकल दुर्घटनामा ज्यान गएको जस्तो देखिएको र विस्तृत अनुसन्धान भइरहेको एसपी सुवेदीले बताए ।

ड्युटी सकेर राति घर फर्किइरहेका साहले परिवारलाई फोन गरेर रातको १० बजे घर आईपुग्ने जानकारी गराएका रहेछन् ‘एसपी सुवेदीले भने’ तर भनेको समयमा नफर्किएपछि सोधीखोजी गर्दा आज बिहानमात्र दुर्घटनाग्रस्त अवस्थामा फेला पर्यो । मुचुल्का उठाएर घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0