अनुमति नलिई क्लिनिक सञ्चालन गर्ने ४ जना पक्राउ

पूर्णपुष्टि, साउन १२ । धनगढीमा अनुमती नलिई क्लिनिक सञ्चालन गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार प्रदेशको सामाजिक विकास मन्त्रालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले धनगढी उपमहानगरपालिका–२ र ३ बाट प्रचलित कानुनबमोजिम लिनुपर्ने सञ्चालन अनुमतिबिना मेडिकल सञ्चालन गरिरहेका चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–३ बस्ने एभरेष्ट मेडिकलका सञ्चालक ३० वर्षीय अमर चौधरी, मानवी हाम्रो मेडिकल फार्मेसीका सञ्चालन २५ वर्षीय नवीन धामी, वडा नम्बर ३ मै सञ्चालन गरिएको फारवेष्ट प्याथोलिजीका ३३ वर्षीय दिपक महरा र वडा नम्बर २ मा रहेको रेस्मी क्लिनिक फार्मेसीका ७३ वर्षीय गोरख बहादुर श्रेष्ठ रहेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले बताए । पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको डिएसपी चन्दले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0