कोशीमा नयाँ सरकार गठन गर्न आह्वान

पूर्णपुष्टि, साउन १२ । कोशी प्रदेशमा नयाँ सरकार गठन गर्न प्रदेश प्रमुख खापुङले आह्वान गरेका छन् । शुक्रबार प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमारले एक विज्ञप्ती निकाल्दै १६ गते अपरान्ह ५ बजे भित्र बहुमतका साथ मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रमुख खापुङले आह्वान गरेको जानकारी दिए ।

कोशी सरकार गठनविरुद्ध परेको मुद्धामा सर्वोच्चले बिहिबार मुख्यमन्त्री उद्धवथापाको नियुक्ति बदर गरी दिएको आदेशबमोजिम ‘नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलहरुको समर्थनको साथ बहुमत पु¥याई मुख्यमन्त्रीमा दाबी गर्न विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ ‘सर्वोच्च अदालतको पूर्ण इजलासबाट भएको आदेशबमोजिम ‘जुन विन्दुबाट संविधानको प्रयोग र पालनामा त्रुटी भएको हो, सोही अवस्थाबाट संविधानसम्मत तवरले प्रक्रिया अगाडि बढाउन मनासिब देखिएको हुँदा २०८०–४–१७ भित्र कोशी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दूई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्ति गरी सरकार गठनगर्न  प्रदेश प्रमुख खापुङले आह्वान गर्नुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1