धरान घुम्न गएर आएका कटारीका एक ब्यक्तिमा डेँगु पुष्टि

पूर्णपुष्टि, १२ साउन ।
कटारी÷कटारीमा पनि एक जनालाई डेंगु पुष्टी भएको छ । धरान घुम्न गएर आएका कटारी वडा नम्बर ८ का एकजना पुरुषमा डेङ्गी पुष्टि भएको कटारी अस्पत्तालका मेडिकल सुपरिडेण्टेड डाक्टर गौरब साहले बताए ।

डाक्टर साहका अनुसार कटारी आसपासमा भने अहिले संक्रमण नदेखिएपनि धरानबाट आएका युवामा संक्रमण पुष्टि भएको हो । धरान उपमहानगरपालिकामा भयावह रुपमा पैmलिएको डेङ्गीले दुई महिनामा ७ जनाको ज्यान गईसकेको छ ।

धरानका मेयर हर्क साम्पाङ्ग आपैm डेङ्गी नियन्त्रणका लागि फगिङ्ग तथा लामखुट्टे नष्ट गर्न मैदानमा निस्किनुभएको भएपनि हालसम्म नियन्त्रणमा आउन सकेको छैन् । पोथी लामखुट्टेको टोकाईबाट सर्ने डेङ्गीबाट वच्न बाहुले लुगा लगाउने , झुल लगाउने , लामखुट्टे उत्पादन हुने सफा पानी जम्ने ठाउँमा पानी जम्न नदिने हो भने यसबाट वच्न सकिने डा।साहले बताउनुभयो ।
नियमित एकसय डिग्रीभन्दा माथि ज्वरो आउने , आँखाको गेडी पछाडी दुख्ने , वान्ता आउने यस रोगको लक्षणहरु हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0