मन्त्रीहरुलाई स्पष्टिकरणको मौका नदिई राजीनामा मागिहाल्ने संस्कार राम्रो होइन : प्रधानमन्त्री प्रचण्ड

पूर्णपुष्टि, साउन १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले स्पष्टिकरणको मौका नदिई प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार राम्रो नभएको बताएका छन् ।

इटालीबाट ४ दिने भ्रमण गरेर शुक्रबार स्वदेश फर्किएका प्रधानमन्त्रीले विमानस्थलमा पत्रकार सम्मेलन गर्दै सो कुरा बताएका हुन् । ‘राजनीतिक उद्देश्यको लागि प्रधानमन्त्रीको राजीनामा मागिहाल्ने, गृहमन्त्रीको राजीनामा मागिहाल्ने, अर्थमन्त्रीको राजीनामा मागिहाल्ने जो संस्कार बस्न खोजेको छ, त्यो राम्रो होइन ‘प्रधानमन्त्रीले भने’ प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीलाई स्पष्टीकरण दिने मौकासमेत नदिई राजीनामा दिने भए देऊ नत्र सदन चल्न दिँदैनौं भनेर पहिल्यै घोषणा गर्ने यो राजनीतिक कल्चरले हामीलाई राम्रो ठाउँतिर लैजाँदैन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बाहिरबाट सय किलो सुन बरामद भएपछि एमाले सांसदहरुले संसदमा गृहमन्त्री र अर्थमन्त्रीलाई नैतिकताको आधारमा राजिनामा दिनुपर्ने बताएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0