सेती नदीमा डुबेर एक बालक बेपत्ता

पूर्णपुष्टि, साउन १२ । सेती नदिमा डुबेर एक बालक बेपत्ता भएका छन् । बिहिवार पौडी खेल्ने क्रममा डुबेका सिलगढी नगरपालिका–३ तेलपारे बगरका ५ बर्षीय बालक सुशान्त साउँद बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मी जोशीका अनुसार उनीसँगै डुबेका चार वर्षीय बालक मिलन साउँदलाई उद्धार गरिएको छ । उनको डडेलधुरामा उपचार भईरहेको र बेपत्ता बालकाको खोजी भईरहेको प्रहरी निरिक्षक जोशीले जानकारी दिए । बालकको खोजीको लागी स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0