रौताको अतिथि सदनमा होटल संञ्चालन नगर्न स्थानीयको अनुरोध

पूर्णपुष्टि, १३ साउन ।
उदयपुरको रौतामाई गाउँपालिका ६ रौता चिसापानी स्थित निर्माण भएको अतिथि सदन भवनमा होटल संञ्चालन नगर्न स्थानीयले अनुरोध गरेको छ । पालिकाले पर्यटकीय तथा धार्मिक क्षेत्रभित्र निर्माण भएको अतिथि सदनमा होटल सञ्चालन गर्ने निर्णय गर्ने बितिकै स्थानीयहरु बिरोधमा उत्रिएको हो ।
स्थानीय युवा सुरेन राईका अनुसार पालिकाको आन्तरिक आयस्रोतको लागि अन्य थुप्रै सम्भावनाहरु छन् । स्थानीय आयस्रोतको नाममा पबित्र धार्मिक स्थललाई अपपबित्र बनाउन मिल्दैन ।”

यसरी आगन्तुक अतिथि प्रयोजनको लागि निर्माण भएको भवनलाई होटलमा परिणत गर्दा ससाना होटल व्यवसायहरुसमेत धरासायी हुने अवस्थामा रहेको स्थानीय राईले बताए । यसै विषयमा पालिका उपाध्यक्ष भुपेन्द्रबहादुर थापाले होटल सञ्चालन नै भनेर निर्णय नभएको बताए ।

उनले भने, “अथिती गृह सञ्चालन गर्ने हो । त्यसमा पालिकाले बनाएको कार्य विधि अनुसार राजस्व उठाउछ । तर खानपानको विषयमा के के विक्री गर्ने नगर्ने भन्ने विषयमा पालिकाले तोकेअनुसार हुन्छ।”

वडाध्यक्ष पृथ्वीकुमार राईका अनुसार होटल नै सञ्चालन गर्नु पर्छ भनेर चाहिँ निर्णय भएको छैन । त्यो पालिकाको अधिकार क्षेत्रभित्रको विषय भएकोले वडाबाट कुनै ठोस निर्णय नभएको बताए । उक्त कार्य सञ्चालान नगर्न नगराउन भन्दै स्थानीय युवाहरुले वडाध्यक्ष राईलाई गत बिहीवार एक ज्ञापनपत्र बुझाएका छन् ।

तर पालिकाले २०७९ चैत २१ मा सभाहल र एक क्यान्टिन सञ्चालन गर्ने उदेश्यले ३० दिने विज्ञापन एक राष्ट्रिय दैनिक पत्रीकामा सूचना प्रकाशित गरेको थियो । तर विज्ञापनलाई बेवास्ता गर्दै विना प्रतिस्पर्धा होटल सञ्चालनको लागि काठमाडौका एक स्थानीयलाई अनाधिकृत रुपमा जिम्मा दिइएको बुझिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
1