उदयपुरको सिवाई(बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र

पूर्णपुष्टि, १४ साउन ।
भौतिक पूर्वधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई उदयपुरको जनप्रतिनिधिहरुले चौदण्डीमा भत्किएको सिवाई पुल निर्माण गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ । जिल्लाको चौदण्डीगढी (५ स्थित सिवाई(बेल्हा जोड्‍ने भाँचिएको पुलको निर्माण सम्पन्न गर्न माग गर्दै संघिय सांसद डा. नारायण खड्का, प्रदेश सांसद राजन किराती लगायत उदयपुरका जनप्रतिनिधिहरुको टोलीले मन्त्रालयमा ज्ञापन पत्र बुझाएको हो ।

उक्त टोलीले स्थानीय जनप्रतिनिध, कांग्रेस, एमाले, माओवादी, समाजवादी, चौदण्डी नगरपालिकाका सबै वडाअध्यक्षसहित स्थानीय सरोकारवालाहरूको समेत हस्ताक्षर संकलन गरी मन्त्रालयलाई ध्यानाकर्षण गराएको छ । उक्त ज्ञापनपत्र बुझ्‍दै मन्त्री ज्वालाले चौदण्डीगढी नगरपालिका वडा नम्बर(५ मा सिवाई( बेल्हा जोड्ने पुल एक वर्षभित्र निर्माण सम्पन्न गर्ने आवश्वासन दिए ।

उनले भने, ‘ चौदण्डीगढी (५ का सबै जनप्रतिनिधि, दल र सबै सरोकारवालाहरूलाई म के आश्वस्त पार्न चाहन्छु भने उक्त भक्तिएको पुलको पुनस् निर्माणको काम एक वर्षभित्रै हुन्छ। यसमा चिन्ता नलिन म आग्रह गर्दछु। काम नयाँ शिराबाट सुरू हुन्छ।’

साथै उक्त पुलको प्रक्रियामा लैजान केही समय लाग्‍ने र पुलको भेरिएशन मन्त्रिपरिषदबाट पास गराएर कामलाई द्रूत गतिमा अगाडि बढाउने प्रतिबद्धता मन्त्री ज्वालाले बताए ।

यस्तै सडक विभाग विभागको निर्देशक सुशिलबा बाबु ढकालले उक्त पुलको टेक्निकल समस्‍याको सबै पत्ता लगाइ सकिएको बताए । उनले भने, ‘ हामीले पुलको फिल्ड भिजिट नै गरेका थियौं। त्यसको बिम्ब र स्ल्याबसहितको निरीक्षण गरे रिपोर्ट आइसकेको छ । अब खाली प्रक्रिया र मन्त्रिपरिषदबाट भेरिएशन पास गराएपछि काम सुरू भइहाल्छ।’

यस्तै भौतिक मन्त्रालयका निमित्त सचिव ई। अर्जुङ जङथापाले आगामी बर्खा सिजनमा चौदण्डीगढी(५मा रहेको सिवाई(बेल्हा जोड्ने पुल सम्पन्न गर्ने गरी प्रक्रिया सुरू भइसकेको बताए । उनले भने, ‘ हामीले यसबारेमा सडक विभाग र निर्माण कम्पनीसँग बसेर छलफल गरिसकेका छौँ । अब खाली मन्त्रिपरिषदबाट पुलको भेरिएशन पास गराउन बाँकी छ ।

चौदण्डीगढी नगरपालिका वडा नम्बर(५ सिवाई(बेल्हा जोड्‍ने पुल २०६६ सालमा शिलान्यास भई २०७७(०७८ मा निर्माण सम्पन्न हुने अन्तिम चरणमा पुगेको थियो । तर पुलका दुईवटा पिलर भासिएर तीन वटा स्पानमा क्षति पुगेपछि पुल अलपत्र अवस्थामा छ ।

पुलको निर्माण महालक्ष्मीरलोकप्रिय जेभी कन्स्ट्रक्सन कलंकी काठमाडौंले गरेको थियो । पुलको डिजाइन र माटोको परीक्षण काठमाडौं बालाजुस्थित स्वाइल कन्सल्टेन्सी कम्पनीले गरेको थियो । पुल नबन्दा सर्पदंश लगायतका बिरामीहरुलाई उपचारका लागि अस्पताल लैजानसमेत समस्या भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0