गाईघाटको मोर्डेन टेक्नीकल एण्ड बिजनेश ट्रेनिङ सेन्टरले पायो सम्बन्धन पत्र

पूर्णपुष्टि, ११ साउन ।
गाइृघाटमा रहेको मोर्डेन टेक्नीकल एण्ड बिजनेश टे«निङ सेन्टरले सम्बन्धन पत्र प्राप्त गरेको छ । २०७७ सालबाट संञ्चालनमा रहेको उक्त सेन्टरले ३ बर्षपछि (सिटिईभीटी) बाट सन्बन्धन पत्र प्राप्त गर्न सफल भएको हो । सम्बन्ध पत्र प्राप्त गरे सँगै यस सेन्टरलाई अब ४६० घण्टा टेलरिङ टे«निङका लागि बाटो खुलेको छ ।
सेन्टरकी प्रोपाईटर ज्ञानु प्रधानले सबै खाले प्रक्रिया पुराएर प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् तथा सम्बन्धन माहाशाखा (सिटीईभीटी) बाट पत्र प्राप्त गरेकी जनाईन् ।
त्यसका लागि प्रधानले संस्थालाई कम्पनी राजीस्टारको कार्यालय र कर कार्यालयमा भ्याटमा दर्ता गराईन । प्रधानका अनुसार सम्बन्धन पत्र रिक्सका बावजुत लिनु पर्ने अवस्था रहेको जनाईन् । प्रधानले सम्बन्ध पत्र आवश्यकता र योग्यताको आधारमा मात्रै प्राप्त गर्न सकिने समेत जनाईन् ।


सम्बन्धन पत्रका लागि मंसिरमा सूचना खुलेका थिए । सोही सूचनाको आधारमा प्रधानले पत्रका लागि फर्म भरेकी थिईन् । र्फम भरेसँगै सिटिईभीटीले अनुगमन गरेर योग्य ठहराई सम्बन्ध पत्र प्रदान गरेका थिए ।

प्रधान उदयपुरको महिला उद्यमी र प्रशिक्षक समेत हुन् । उनले बिगत १७ बर्षदेखी गाईघाटमा कोशेली टेलरिङ डिजाईनिङ तथा पशिक्षण केन्द्र नामक संस्था खोलेर पेन्टीङ, कुसन र टेलरिङको तालिम समेत दिँदै आएकी छिन् । सम्बन्धन पत्र प्राप्त गर्दै गर्दा प्रधान निकै खुसी छिन् । उनले एउटा महिलाले भ्याटमा दर्ता गराएर व्यवसायी संस्था संञ्चालन गर्न उत्ति सहज नभएको जनाईन् ।
यसका लागि पटक पटक प्रदेश र केन्द्रको कार्यालयहरुमा धाएको र प्रक्रियाहरुमा कति पनि नचुकी सम्बन्धन पत्र प्राप् गर्न सफल भएको जनाईन् । प्रधान राष्ट्रिय महिला उद्यमी सिप बिकास समितिको संयोजक र नेपाल कपडा तथा सिलाई व्यवसायीको उदयपुर जिल्ला अध्यक्ष समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
1
+1
0
+1
1
+1
0