बर्दीमै टिकटक बनाउने प्रहरीका एसपी देखी जवान सम्म ९६ जनालाई कार्वाही

पूर्णपुष्टि, १६ साउन ।
प्रहरीको आचारसंहिता कार्यादेश २०७७ अनुसार फेसबुक, टिकटक लगायत सामाजिक सञ्जालमा प्रहरीको नाम, पोसाक वा कुनै पनि चिह्नहरू प्रयोग गर्न नपाईने भनिएको छ। साथै ड्युटीमा खटिएका बेला हातहतियार देखिने गरी कुनै पनि पोष्ट गर्न नपाइने उल्लेख छ। तर प्रहरीले बर्दीमै नाच्दै, गाउँदै गरेको भिडिओहरू टिकटकलगायत विभिन्न सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भेटिन्छन् । यो बर्ष मात्रै प्रहरीले यस्ता भिडिओ हाल्ने ९६ जनालाई कारबाही गरिसकेको छ।

प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायतले यो आर्थिक वर्षमा मात्र विभिन्न दर्जाका ९६ जनालाई विभागीय कारबाही गरेका छौं। जसमध्ये ४१ जनालाई नसिहत (एक प्रकारको चेतावनी) दिएका छौं, ५४ जनालाई चेतावनी र एक जनाको त दुई ग्रेड घटुवा नै भएको छ।

डिआइजी कडायतका अनुसार कारबाहीको प्रकृति फरक(फरक हुनसक्छ। कसैले साथीको लहलहैमा लागेर भिडिओ बनाएको छ तर उसको ट्र्याक हिस्ट्री हेर्दा गल्ती गरेको छैन भने त्यस्तो अवस्थामा नसिहत दिने वा सुरूआती चेतावनी दिइने उल्लेख गर्दै उनले भिडिओको संवेदिनशीलता हेरेर कारबाही गरिने जनाए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0