अधिवक्ता भगवती पाण्डे ‘शितल’ थुनामुक्त

पूर्णपुष्टि, साउन १८ । विवादास्पद अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे ‘शितल’ रिहा भएकी छिन् । काठमाडौं जिल्ला अदालतले अनुसन्धान अघि बढाउन हिरासतमा राख्न अनुमति नदिएपछि पाण्डेलाई बुधबार नै रिहा गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमुध ढुंगेलले जानकारी दिए ।

अधिवक्ता पाण्डेले एक टेलिभिजन अन्तरवार्तामा मुस्लिम, मगर, तामाङलगायत समुदायको विवाह संस्कारलाई लिएर गरेको टिप्पणीप्रति ती समुदायले पाण्डेविरुद्ध उजुरी दिएको थियो । सोही उजुरीको आधारमा पक्राउ परेकी पाण्डेलाई प्रमाण नष्ट गर्ने अवस्था नभएको भन्दै अदालतले हिरासतमा राख्न म्याद थप नगरेको कारण छाडिएको एसपी ढुंगेलले बताए । तामाङ, मगरलगायतका समुदायले पाण्डेलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने माग राखेर प्रदर्शन पनि गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0