युवकमाथि गोली प्रहार गरी फरार भएका दुई जना पक्राउ

पूर्णपुष्टि, साउन १८ । सुनसरीमा एक युवकमाथि गोलाी प्रहार गरी फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेटाङ नगरपालिका–१ का ३५ बर्षीय दिपक तिमिल्सिना र धरान–१० का ३४ बर्षीय अनसन राई रहेका छन् ।

उनिहरुले श्रावण ५ गते धरानबाट ईटहरी जाँदै गरेको को.३२ प १७९६ नम्बरको मोटरसाईकललाई सुनसरीको ईटहरी नगरपालिका–२० सेउती पुलमा रोकी बिराटनगर–५ कोचाखालका २८ बर्षीय रोहित चौधरी र बिराटनगर–३ की सुमना खत्रीलाई पेस्तोल तथा खुकुरी देखाई लुटपाट गर्ने प्रयास गरेका थिए । तर, लुटपाट गर्ने क्रममा चालक चौधरीले प्रतिकार गर्दा उनिहरुले गोली प्रहार गरेका थिए । कोखामा गोली लागेर गम्भिर घाईते भएका चौधरीको सोही दिन उपचारको क्रममा बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

घटनाको जानकारी पाए लगत्तै कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटाको संयोजकत्वमा सुक्ष्म अनुसन्धान गर्न थालेको प्रहरी टोलीले उनिहरुलाई मंगलबार धरानकै पुतली लाईनबाट पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई बुधबार कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले सार्वजनिक गरेको हो । यस घटना बाहेक उनिहरुले श्रृखंला बद्ध रुपमा लुटपाट गर्दै आएको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।

असार ८ गते धरान–१७ को खैरेनी जंगलमा १ जना महिला माथी भएको लुटपाट, असार २३ गते धरानबाट मोटरसाईकलमा प्रकाशपुर गईरहेका श्रीमान श्रीमती माथी सोही स्थानमा भएको लुटपाट र असार ३१ गते धरानबाट कालाबन्जार जाँदै गरेका अर्का एक ब्यक्तिमाथि भएको लुटपाटमा यिनै ब्यक्तिहरुको संग्लग्नता रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका यि व्यक्तिहरु केही समयअघि मात्र कैद मुक्त भएको प्रहरीले जनाएको छ  । तिमिल्सिना जवरजस्ति करणी मुद्धामा १० बर्ष कैद भुक्तान गरि २ महिना अगाडि छुटेको र तामाङ लागु–औषध मुद्धामा ६ महिना कैद भुक्तान गरि २ बर्ष अगाडि छुटेका थिए भने दुबै जना लागुऔषध दुर्व्यवसनी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनिहरुको साथबाट अटोमेटिक चाईनिज पेस्तोल १ थान, गोली ९ राउण्ड, म्यागजिन २ थान, कालो झोला ५ थान, लेडिज ब्याग ४ थान, खुकुरी २ थान, मोवायल ५ थान, औठी १ थान र फायर भएको गोलीको खोका १ थान बरामद गरेको छ । घटनामा संग्लग्न अन्य ब्यक्तिको खोजतलास भईरहेको र पक्राउ ब्यक्तिहरुको १० दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0