गाईघाट माछा पसल अनुगनम : सरसफाईमा सन्तोषजनक

पूर्णपुष्टि, साउन १९ ।

त्रियुगा नगरपालिकाले बजार अनुगमनलाई ब्यापक बनाएको छ । खाद्यन्न देखी अनुदान सामाग्री समेतको अनुगमन भैरहदा तेस्रो दिन माछा पसल अनुगमन गरिएका थिए । अनुगम संयोजक तथा त्रियुगा नगरपालिकाकी उपमेयर समेत रहेकी महेश्वरी राईले माछा पसलमा सुधार आएको बताईन् । माछा तथा मासुको अनुगमनको दोस्रो दिन सन्तोष जनक परिणाम आएको राईले बताईन् । बुधबार मात्रै गरेको मासु पसलको अनुनगमनमा सरसफाईको ब्यापक समस्या रहेका थिए । पछिल्लो दिनको माछा तथा मासु पसलको अनुगमनमा भने सुधार भएको राईको भनाई छ ।

त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटका अध्यक्ष रमेश रसाईलीका अनुसार माछा पसलमा उत्ति समस्या नरहेको जनाए । अध्यक्ष रसाईलीले माछा पसलाई व्यवस्थित साथै स्वच्छ र ताजा माछाको लागि मापदण्डहरु पुरा गरेको पाईएको जनाए । बाहिर बाट ल्याईएको माछालाई ताजा र सफा बनाउन अक्सिजन समेतको व्यवस्था गरी व्यवसाय गरेको रसाईलीले जनाए । त्रियुगा नगर कृषि शाखा प्रमुख इन्द्र नारायण चौधरीका अनुसार दर्ता प्रक्रियामा भने समस्या रहेको जनाए । केही व्यापारीहरु अझै पनि व्यवसाय संञ्चालनलाई मर्यादित बनाउन त्रियुगा नगर सँग दर्ता प्रक्रियामा नआएको जनाए । त्यस्ता पसलहरुलाई एक हप्ताको समय दिएको र पहिलो पटक सम्झाई बुझाई गरेको जनाए । त्यसो त माछापसलहरु सिमित र धेरै ठुलो नभएकाले पनि यसमा मासुको जस्तो समस्या नदेखीएको बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0