उदयपुर कारागारबाट सरुवा भएको कैदीलाई पहुँचको भरमा फेरी पर्काइएपछि मच्चियो लफडा

पूर्णपुष्टि, २० साउन ।
उदयपुर कारागारबाट सरुवा भएर झुम्का पठाईएका कैदिलाई पहँचको भरमा फेरी फर्काएपछि कारागारमा असन्तुष्ट चुलिएको छ । बिभिन्न खरावी काम गर्ने र सोषण गर्ने प्रविद्धिका कारण सुरक्षाका दृष्टीले झुम्का पठाईएका पर्वत दाहाललाई फेरी उदयपुरनै फर्काईएको हो । उनलाई पहुँचको भरमा ८ महिना नवित्दै पून ः जिल्ला कारागार उदयपुरनै फर्काईएको हो । यसरी दुईसय बढी कैदीबन्दीले नरुचाएको दाहाललाई फर्काईएपछि आज विहानैदेखि कारागारमा तनाव सिर्जना भएको छ ।
०७९ मंसिर २८ मा सुनसरीको झुम्का कारागार सरुवा भएका दाहाललाई ८ महिना नपुग्दै पुनः गाईघाट ल्याइएपछि कारागारमा तनावपूर्ण वातावरण सिर्जना भएको हो ।
अवैध लागुऔषध व्राउनसुगरको कारोवारमा जेल सजाय विताइरहेका दाहालले १ महिना कारागारको जिम्मेवारी सम्हालेका बेला कारागारभित्रै अवैध लागुऔषध व्राउनसुगर मगाएर खाने, अन्य कैदीहरुसंग पैसा उठाएर खाने, विभिन्न किसिमको तनाव, दुःख दिने जस्ता कृयाकलापबाट आजित भएर दाहाललाई झुम्का पठाईएको थियो । हालको चौकीदार संगम नेपालीका अनुसार यहाँकै कारागार प्रशासनसँगको मिलेमतोमा उनलाई ल्याइएको जनाए । तर यहाँका कैदीसाथीहरुले प्रवेश गर्नै नदिने अवस्थामा छन् र त्यसैले विवाद सिर्जना भएको छ ।’
कारागार प्रमुख डिगमबहादुर कार्कीले भने, ‘शान्ति सुरक्षाको दृष्टिकोणले गर्दा सुनसरीको झुम्का सरुवा भएका थिए, एक्कासी आज यस कारागारमा सरुवा भएर आएका छन् । विवाद छ, त्यसैको समाधानका लागि छलफल भइरहेको छ ।’
कैदीबन्दीहरुले आपूmलाई जहाँ सहज हुन्छ त्यहाँ जान्छु भन्यो भने कारागार व्यवस्थापन विभागको सहमतिमा सरुवा हुन पाउने व्यवस्था रहेको प्रमुख कार्कीले बताए ।
तर दाहाल यहाँ सरुवा भएर आउनुमा कारागार प्रमुख कार्कीको ठूलो भूमिका रहेको कैदीहरुले आरोप लगाएका छन् । प्रमुख कार्कीको घर उदयपुरको त्रियुगा–३ मोतिगडा हुन् भने कैदी दाहाल उनकै छिमेकी रहेको पनि खुलेको छ ।
कारागार प्रशासनले मिलाउन खोजिरहेको तर पनि सरुवा भएका दाहाल कुनै पनि हालतमा बस्न नदिने अडानमा सबै वन्दीहरु रहेको बुझिएको छ । हाल सो कारागारमा २ सय ६० जनाले कैदी जीवन विताइ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0