उदयपुरमा मोटरसाईकल दुर्घटनाहुँदा एकको मृत्यु, दुई घाईते

पूर्णपुष्टि, साउन २१ । उदयपुरमा मोटरसाईकल दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुर्घटनामा परी त्रियुगा नगरपालिका–६ जलजले बस्ने २५ बर्षीय सुदिप चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

शनिबार राती साढेँ ९ बजे त्रियुगा नगरपालिका १० स्थितमा प्रदेश १–०२–०४४ प ८८९३ नंम्बरका मोटरसाईकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिचनन्दन चौधरीले जानकारी दिए । उनका अनुसार दुर्घटनाबाट गम्भिर घाईते भएका सुदिपको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाबाट घाईते भएका मोटरसाईकल चालक सोही ठाउँका २२ वर्षीय पंकज चौधरी र २७ वर्षीय मुकेश चौधरीको जिल्ला अस्पतालमा उपचार पश्चात थप उपचारको लागी बिराटनगर पठाईएको डिएसपी चौधरीले बताए । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0