भारतमा कार दुर्घटना हुँदा ६ जना नेपालीको मृत्यु

पूर्णपुष्टि, साउन २१ । भारतको श्रावस्ती जिल्लाको इकौनामा कार दुर्घटना हुँदा ६ जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज सरदलाइन निवासी ३५ बर्षीय बैभव गुप्ता, उनकी श्रीमती ३२ बर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा डल्लु गुप्ता तथा ६ महिनाकी छोरी श्रीया गुप्ता सहित नेपालगञ्जको त्रिभुवनचोकस्थित एस कुमार वाच कम्पनीका सञ्चालक सन्तोष गुप्ताको २२ बर्षीय छोरा निलान्स गुप्ता र २० बर्षीय छोरी सुनिती गुप्ता रहेका छन् ।
शनिबार राती भारतको बलरामपुरबाट नेपालगञ्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार गाईसँग ठोक्किएर दुर्घटना हुँदा नेपालगञ्जका दुई परिवारका ६ जनाको मृत्यु भएको जानकारी आएको बाँकेका प्रहरी उपरिक्षक सन्तोषसिंह राठौरले जानकारी दिए । सोही दुर्घटनमा परी कार चालक अजय मिश्र गम्भिर घाईते भएका छन् । उनको उपचार भईरहेको प्रहरीले जनाएको छ । सन्तोष गुप्ताका अनुसार निलान्स र सुनिति मामाघर घुम्न र बैभव माइतीमा रहेकी श्रीमती दिपीकालाई लिन बलरामपुर पुगेर फर्किने क्रममा दुर्घटनामा परेका हुन् । मृतकको शव भारतको बहराईचमा परिक्षणपछि नेपाल ल्याउन आवश्यक प्रकृयाको तयारी भईरहेको प्रहरी उपरिक्षक राठौरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0